Logo

प्राधिकरणको नाफा कागजी नाफा होईन, हामीले ८ बर्षमा ८२ अर्ब नाफा आर्जन गरेका छौं : कुलमान घिसिङ

प्राधिकरणको नाफा कागजी नाफा होईन, हामीले ८ बर्षमा ८२ अर्ब नाफा आर्जन गरेका छौं : कुलमान घिसिङ



काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बाहिर हल्ला फैलाईएजस्तो प्राधिकरणको नाफा कागजी नाफा मात्रै नभएको बताएका छन् । आफ्नो दोस्रो कार्यकालको ३ बर्ष पूरा गरेको अवसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

‘पछिल्लो ८ बर्षमा ३५ अर्बको संचित घाटालाई ४७ अर्ब संचित नाफामा पुर्याउँदा करिव ८२ अर्बको नाफा देखिएको छ,’ उनले भने, ‘यो त्यत्तिकै भएको होइन, डेडिकेटेड र ट्रंक लाईनको बीलले भएको होईन, केहि हिस्सा त होला तर, सबै त्यो होईन ।’

उनले पत्रकार सम्मेलनमा बोल्दै महालेखा परिक्षकको कार्यालयका ३ जना लेखापरिक्षकले गरेको अडिटबाट आएको विवरण भएकाले नाफा वास्तविक भएको बताएका छन् ।

यस्तै उनले विद्युत प्राधिकरणले ३ पटकसम्म विद्युतको महशुल घटाएर पनि नाफा आर्जन गर्न सफल भएको बताएका छन् । ‘हामीले विद्युत महशुल विभिन्न समयमा ३ पटक गरी २५ प्रतिशत घटाएका छौं,’ उनले भने, ‘हालको प्राधिकरणको नाफा विद्युत महशुल बढाएर आर्जन गरिएको पनि होईन ।’

प्रतिक्रिया दिनुहोस्
MBL