Logo

नेपालमै टिभीएस मोटरसाइकल उत्पादन गर्दै जगदम्वा मोटर्स, २०१७ भित्रै सञ्चालनमा

नेपालमै टिभीएस मोटरसाइकल उत्पादन गर्दै जगदम्वा मोटर्स, २०१७ भित्रै सञ्चालनमा


रक्षा रेग्मी
0
Shares

काठमाडौं । जगदम्वा मोटर्सले नेपालमा मोटरसाइकल उत्पादन गर्ने भएको छ । जगदम्वाले टिभीएस मोटरसाइकलको एसेम्बल प्लाण्ट संचालनमा ल्याउन लागेको हो । शंखर ग्रुप अन्तर्गतको सो कम्पनीे टीभीएस मोटरसाइलको आधिकारीक विक्रेता हो । सन् २०१७ भित्र टिभीएस मोटरसाइकल उत्पादन गर्ने लक्ष्यसहित एसेम्बल प्लाण्ट संचालनमा ल्याउन लागेको कम्पनीका उपाध्यक्ष दिपक अग्रवालले बताए । मोटरसाइकल एसेम्वल उद्योग स्थापनाका लागि आवश्यक प्रक्रिया समेत अघि बढाइएको उनले जानकारी दिए ।

अग्रवालका अनुसार कम्पनीले एसेम्वल प्लाण्ट स्थापनाका लागि भैरहवामा जग्गा समेत खरिद गरिसकेको छ । ‘हाल मोटरसाइकल एसेम्वल उद्योग स्थापनाका लागि लाइसेन्सको प्रक्रिया समेत अघि बढाइएको छ,’ उनले भने, ‘त्यस्तै एसेम्वलका लागि आवश्यक मेसिनहरु खरिदको प्रक्रिया समेत अगाढी बढाउन लागेको छ ।’

20160929114226_jagadamba
नेपालमा फुल फ्लेड्जमा मोटरसाइकल एसेम्वल गर्ने योजना सहित प्लाण्ट स्थापना गर्न लागिएको अग्रवालले जानकारी दिए । उनका अनुसार यहाँ उत्पादन गरिने मोटरसाइकलको लुक्स र विशेषतामा नेपालीपन दिइने छ । ‘मोटरसाइकलमा नेपाली सडक सुहाउँदो विशेषताहरु थप गर्ने योजना छ,’ उनले भने ।
नेपालमै एसेम्बल प्लाण्ट संचालनमा आएपछि चाहिएको समयभित्र ग्राहकलाई मोटरसाइकल उपलब्ध गराउन सकिने उनले जानकारी दिए । साथै नेपालमै उत्पादन गर्दा ‘ट्रान्सपोटेसन कष्ट’ समेत कम हुने बताइएको छ ।

पछिल्लो समय नेपालमा मोटर एसेम्वल उद्योग स्थापना गर्न लगानीकर्ताहरु लागेका छन् । बजाजको नेपालका लागि आधिकारिक विक्रेता गोल्छा अर्गनाइजेशनले पनि मोटरसाइकल एसेम्वल उद्योग स्थापनाका लागि सम्पूर्ण कार्य अघि बढाइसकेको छ । तर नीतिगत अस्ष्टताका कारण एसेम्बल प्लान्ट स्थापना गरेपनि संचालनमा भने आएका छैनन् ।

सरकारले २ पांग्रे सवारीसाधन एसेम्वल गर्ने उद्योगहरुलाई ५० प्रतिशत अन्तशुल्क छुट दिने निर्णय गरेपनि त्यो छुट कसरी दिने भन्ने विषयमा सरकारले अझै टुङ्गो नलागेकोले कम्पनीहरु अन्यौलमा परेकका हुन् ।

गोल्छा अर्गनाइजेशनले १ वर्ष अघि नेपालमै बजाज मोटरसाइकलको एसेम्बल प्लाण्ट स्थापना गर्ने घोषणा गरेको थियो । तर त्यसका लागि आवश्यक पूर्वाधार तयार भइसक्दा पनि सरकारले नीतिगत अस्पष्टतालाई टुङ्गो लगाउन नसक्दा कार्यन्वयनमा ल्याउन नसकिएको सम्बद्ध कम्पनीको भनाई छ ।

त्यसैगरी कोरियाली मोटर निर्माता कम्पनी कियाले पनि मोटर एसेम्वल प्लान्ट सञ्चालनको तयारी थालेको छ । नेपालका लागि किया मोटर्सको आधिकारीक विक्रेता कन्टिनेण्टल एसोसियट्स प्रालिसले १ वर्ष भित्रै नेपालमा किया मोटर उत्पादन गर्ने गरी काम शुरु गरेको थियो । कियाले एसेम्बल प्लाण्ट स्थापनाको लागि सिमारामा ५ विगाहा जग्गा र १ लाख २५ हजार स्वायर क्षेत्रफलमा प्लाण्ट स्थापनाको लागि तयारी गरेको थियो ।

कम्पनीले त्यस स्थानमा ३ वर्षदेखि जग्गा होल्ड गरेर राखेको छ । तर, सरकारले समयमै निर्णय नगर्दा जग्गा नै बेच्नपर्ने अवस्था आएको कम्पनीको भनाई छ । साथै कुन खालको एसेम्वल प्लाण्ट स्थापना गर्ने उद्योगलाई कस्तो र कति छुट दिने भन्ने विषयमा पनि अन्यौलता रहेको व्यवसायीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्