Logo

डलरको मूल्य हालसम्मकै उच्च विन्दुमा, नेपाली अर्थतन्त्रलाई पर्छ यस्तो असर

डलरको मूल्य हालसम्मकै उच्च विन्दुमा, नेपाली अर्थतन्त्रलाई पर्छ यस्तो असर



काठमाडौं । मंगलबार नेपाली मुद्राको तुलनामा डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज नेपालमा डलरको खरिद मूल्य १३३.८६ रुपैयाँ र विक्री मूल्य १३४.४६ रुपैयाँ पुगेको हो । डलरकाे याे विक्री मूल्य हालसम्मकै उच्च हो ।

खासगरी नेपाली मुद्रा भारतीय मुद्रासँग स्थिर विनिमय दरका कारण भारतीय मुद्राको अवमुल्यन हुँदा त्यसको प्रत्यक्ष असर नेपाली मुद्रामा पर्छ । पछिल्लो समय भारतीय मुद्रा डलरको तुलनामा लगातार कमजोर हुँदा नै यसको असर नेपाली मुद्रामा परेको देखिन्छ ।

मंगलबार भारतीय मुद्रासँग डलर सटही गर्नुपर्याे भने ८३.८५ भारतीय रुपैयाँ खर्चनुपर्ने अवस्था छ । यसअघि सोमबार भने भारतीय बजारमा डलरको मुल्य ८४ भारु पुगेको थियो ।

नेपालजस्तो आयातमुखी अर्थतन्त्र भएको देशका लागि डलरको मुल्य बढ्नुको प्रत्यक्ष असर वस्तुको मुल्यमा पर्ने बिषय विज्ञहरु बताउँछन् । नेपालले बढी पैसा खर्च गरेर डलर खरिद गर्ने र सोही डलरले विदेशी वस्तु खरिद गरेर उपभोग गर्ने अवस्था छ । यसले विभिन्न वस्तुको मुल्य बढेसँगै ढुवानी खर्च, करलगायतमा पनि वृद्धि गरिदिन्छ । तसर्थ डलरको मुल्य बढ्नुको प्रत्यक्ष सम्बन्ध उपभोक्ताको खल्तिसँग हुन्छ ।

तर, विदेशमा गई डलर आर्जन गरी नेपालमा पठाउनेहरुलाई भने यसले फाईदा पुर्याउँछ । उनीहरुले कम डलर पठाएर धेरै नेपाली पैसा पाउने भएपछि फाईदा हुने राष्ट्र बैंकको एक अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL