Logo

एनआरएन, एनएफएस, हाथवे र सिइडीबिमा कृत्रिम मूल्य बढाइएको भन्दै संसदमा उठ्यो प्रश्न : तत्काल छानविन गर्न सांसदको माग

एनआरएन, एनएफएस, हाथवे र सिइडीबिमा कृत्रिम मूल्य बढाइएको भन्दै संसदमा उठ्यो प्रश्न : तत्काल छानविन गर्न सांसदको माग



काठमाडौं। सेयर बजारमा चलखेल भएको भन्दै संसदमा सरकारको ध्यानाकर्षण गरिएको छ । सोमबार सांसद डा. अमरेशकुमार सिंहले ब्रोकर र इन्भेष्टर्सले कार्टेलिङ गरेर सेयर मूल्य कृत्रिमरुपमा बढाइएको भन्दै सरकारलाई निगरानी गर्न आग्रह गरे । उनले सेयरको मूल्य कृतत्रम रुपमा बढाइएको आरोप लगाए ।

प्रतिनिधि सभामा विशेष समयमा बोल्दै सांसद सिंहले अहिले शेयरको मुल्य कृत्रिम रुपमा बढाइएको बताउँदै आम जनतामाथि ठगी हुनसक्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

संसद बैठकमा बिना आधारमा कम्पनीका सयर मुल्य बढिरहेको उदाहरण दिदै आम जनतालाई ठगी गर्ने धन्दामा लागेका कम्पनीमाथि कडा निगरानी राख्न र उनीहरुमाथि छानबिन गर्नका लागि सरकारले एउटा समिति गठन गर्न माग गरेका छन् ।

उनले बुक भ्यालु सयभन्दा कम भएका कम्पनीको मूल्य अहिले तीन चार गुणासम्म बढेको बताउदै यसको नियमन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनले नेपाल फाइनान्स लिमिटेड, हाथवे इन्भेष्टमेन्ट, सिइडिबी हाइड्रो र एनआरएन इनफ्रास्ट्रक्चरको नामै लिएर यी सेयरमा सीमित व्यक्तिले कर्नरिङ, प्रोपोगाण्डा र सिन्डिकेट गरेर कृत्रिम मूल्य बढाएको भन्दै छानविन गरेर कारवाही गर्न माग गरे ।

प्रतिक्रिया दिनुहोस्