Logo

दूरसञ्चारबाट एनसेलको आम्दानी सवैभन्दा बढी, इन्टरनेटमा सुविसु अगाडी

दूरसञ्चारबाट एनसेलको आम्दानी सवैभन्दा बढी, इन्टरनेटमा सुविसु अगाडी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । दूरसञ्चारबाट मोवाइल सेवा प्रदायक एनसेलले सवैभन्दा बढी आम्दानी गर्ने गरेको छ । नेपाल दुरसञ्चार प्राधिकरणको तथ्यांक अनुसार दुरसञ्चार सेवा प्रदान गर्ने कम्पनीहरुमा एनसेलले सवैभन्दा बढी नाफा गर्दै आएको हो । आर्थिक बर्ष २०७२/७३ मा एनसेलले करिव ५७ अर्व रुपैयाँ आम्दानी गरेको थियो । जुन नाफा कमाउनेमा दोश्रो स्थानमा रहेको नेपाल टेलिकमको भन्दा १७ अर्वभन्दा बढी हो ।

सो अवधिमा नेपाल टेलिकमले ३९ अर्व रुपैयाँ आम्दानी गरेको छ । त्यस्तै अन्य इन्टरनेट सेवा प्रदायकको आम्दानी ८८ करोड रुपैयाँ रहेको बताइएको छ । प्राधिकरणका अनुसार गत आर्थिक बर्षमा दूरसञ्चार क्षेत्रमा १ खर्व १० अर्व रुपैयाँ खर्च गरेका छन् । अर्थात सो अवधिमा एक जना नेपालीले बार्षिक ३७सय रुपैयाँ दूरसञ्चारमा खर्च गरेका थिए ।

गत आवको वित्तिय विवरण आइनसके पनि ग्रामिण दूरसञ्चार कोषमा सेवा प्रदायकले बुझाएको रकम अनुसार दूरसञ्चारमा १ खर्व १० अर्व रुपैयाँ बराबरको आम्दानी हुने देखिएको प्राधिकरणमा प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए ।

दूरसञ्चार सेवा प्रदायकले प्रत्येक आर्थिक वर्षमा गरेको कुल आम्दानीको २ प्रतिशत रकम आव सकिएको तीन महिनाभित्रै कोषमा बुझाउनु पर्ने हुन्छ ।

समिक्षा वर्षमा सवैभन्दा धेरै रकम एनसेलले १ अर्ब १५ करोड रुपैयाँ बुझाएको छ । त्यस्तै नेपाल टेलिकमले ७८ करोड रुपैयाँ कोषमा बुझाएको अर्यालले जानकारी दिए । त्यस्तै इन्टरनेट सेवा प्रदायकमा सवैभन्दा बढी रकम सुविसुले १ करोड ७६ लाख रुपैयाँ बुझाएको छ । वल्र्ड लिंकले १ करोड ४० लाख रुपैयाँ र यूटीएलले १९ लाख ५० हजार रुपैयाँ बुझाएको प्राधिकरणले जानकारी दिएको छ ।

दूरसञ्चार सेवा प्रदायकहरुले आर्थिक वर्ष २०७२/७३मा गरेको आम्दानीको २ प्रतिशत रकम बुझाउँदा कोषमा २ अर्ब २६ करोड ८६ लाख रुपैयाँ थपिएको हो । प्रविधिको विकाशसँगै सहजताले दूरसञ्चारमा उपभोक्ताको पहुँच बढ्दा पनि खर्चमा बृद्धि भएको हो । यसले गर्दा दूरसञ्चार सेवा प्रदायकहरुको आम्दानी पनि बार्षिक रुपमा बढ्दै गएको हो ।

प्राधिकरणका अनुसार २०७१/७२ मा रु.९९ अर्व २ करोड आम्दानी यस क्षेत्रमा भएको थियो । गत आर्थिक बर्ष २०७२/७३ मा अनुमानित १ खर्व रु.१० अर्व रुपैयाँ बराबरको आम्दानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्