Logo

लायन्स कर्पाेरेटले दियो ११ विधामा अवार्ड : मल्ल, घिमिरेदेखि सुर्य नेपालसम्मले पाए

लायन्स कर्पाेरेटले दियो ११ विधामा अवार्ड : मल्ल, घिमिरेदेखि सुर्य नेपालसम्मले पाए



काठमाडौं । लायन्स क्लव अफ काठमाडौं कर्पाेरेटले विभिन्न ११ विधामा कर्पाेरेट सोसल अवार्ड प्रदान गरेको छ । आईतबार काठमाडौंको ललितपुरमा अवार्ड वितरण कार्यक्रमको आयोजना गर्दै लायन्सले ११ विधामा १९ जना व्यक्ति र दुई संस्थालाई उक्त अवार्ड प्रदान गरेको हो ।


लायन्सका अनुसार कार्यक्रमबाट सयलपा तेन्जिङ रिम्पोछे, एरिका गुरुङ, राजेन्द्र मल्ल, राजेश हमाल, चन्द्र घिमिरे, विनोद दास, अनिल केडिया, मोहन ओझा र प्रतिक प्रधानले उक्त अवार्ड हात पारेका हुन् । यस्तै संस्थागततर्फ भने रमेश कर्पोरेशन र सुर्य नेपालले पनि अवार्ड हात पारेका हुन् ।

यसरी अवार्ड हात पार्नेमा सयलपा तेन्जिङ रिम्पोछेले सोसल स्प्रीचुअल अवार्ड, एरिका गुरुङले सोसल प्लेयर अवार्ड र राजेश हमालले सोसल सेलिब्रिटी अवार्ड हात पारेका हुन् । यस्तै लामो समयदेखि बीमा क्षेत्रमा आवद्ध तथा नेपाल चेम्बर अफ कमर्शका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले सोसल कर्पाेरेट लिडर अवार्ड हात पारेका हुन् ।

उनले व्यवसायिक नेतृत्वमा रहेर सामाजिक क्षेत्रमा योगदान गरेको कदर स्वरुप उनलाई उक्त अवार्ड दिईएको बताईएको छ । यस्तै उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयका पूर्व सचिव चन्द्र घिमिरेले भने नेपालको आपुर्ति प्रणालीमा महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै लायन्सले सोसल ब्युरोक्रेटिक अवार्ड प्रदान गरेको छ ।

यता संस्थागततर्फ भने नेपालको राजस्व प्रणालीमा उत्कृष्ट योगदान दिएको र व्यवसायसँगै सामाजिक उत्तरदायित्वमा विशेष जोड दिएको भन्दै सुर्य नेपालले कर्पाेरेट सोसल रेस्पोन्सीविलिटी अवार्ड हात पारेको छ ।

यसैगरी प्रतिक प्रधानले सोसल जर्नालिस्टीक अवार्ड हात पार्दा विनोद दासले स्पोर्ट्स म्यानेजमेन्ट अवार्ड र अनिल केडियाले सोसल एकेडेमिक अवार्ड पाएका छन् । यस्तै संस्थागततर्फ रमेश कर्पाेरेशन सोसल कर्पाेरेट हाउस अवार्ड हात पारेसँगै मोहन ओझाले सोसल म्यानेजमेन्ट अवार्ड हात पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL