Logo

नेपालमा पेट्रोल प्रतिलिटर १ र डिजेल २ रुपैयाँले घट्यो, यस्तो छ नयाँ मूल्य

नेपालमा पेट्रोल प्रतिलिटर १ र डिजेल २ रुपैयाँले घट्यो, यस्तो छ नयाँ मूल्य



काठमाडौं । नेपाली बजारमा पेट्रोल र डिजेलको मूल्य घटेको छ । नेपाल आयल निगमले पेट्रोलियम भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको बताउँदै पेट्रोल प्रतिलिटर १ र डिजेल प्रतिलिटर २ रुपैयाँले घटाएको हो । यस्तै हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ ।

नयाँ मूल्यसूची अनुसार काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल लिटरको १७० रुपैयाँ पर्नेछ । झापा, विराटनगर जनकपुर, नेपालजञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा १६७ रुपैयाँ ५० पैसा तथा सुर्खेत र दाङ क्षेत्रमा १६९ रुपैयाँ पर्नेछ ।

डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर पहिलो वर्गमा १५५ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १५७ रुपैयाँ र तेस्रो वर्गमा १५८ रुपैयाँ पर्नेछ । यो नयाँ मूल्य बुधबार राति १२ बजेदेखि लागू भईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL