Logo

हेटौंडा र उदयपुर सिमेन्ट संचालनको तयारी, स्थलगत अध्ययन गरिँदै

हेटौंडा र उदयपुर सिमेन्ट संचालनको तयारी, स्थलगत अध्ययन गरिँदै


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सरकारले बन्द अवस्थामा रहेको हेटौंडा सिमेन्ट तथा उदयपुर सिमेन्टको अध्ययन शुरु गर्ने भएको छ । ती उद्योगको अध्ययनका लागि टास्क फोर्स तयार गरिएको उद्योग मन्त्री नवीन्द्रराज जोशीले जानकारी दिए ।

हेटौंडा सिमेन्टका लागि पुष्कर बज्राचार्य र उदयपुर सिमेन्टको अध्ययनका लागि विजय घिमिरको संयोजकत्वमा टास्क फोर्स तयार गरिएको उनले हो ।
बन्द रहेका ती उद्योग संचालनको सम्बन्धमा टोलिले विस्तृतमा अध्ययन गर्नेछ ।

सो टोलिले आवश्यक जनशक्ति तथा मेसिनको अवस्थाका बारेमा पनि अध्ययन गर्ने छ । त्यस्तै त्यहाँ रहेका मेसिन, जनशक्ति सवैको लागत हेरी के गर्दा उपयुक्त हुन्छ रिपोर्ट तयार गर्छ । उद्योग मन्त्रालयले २ हप्ताभित्र रिपोर्ट मन्त्रालयमा पेस गर्न भनेको छ । सो रिपोर्ट हेरेर के गर्ने भन्ने बारे निणर्य लिन्छ ।

हाल सरकारले बन्द अवस्थामा रहेको औषधि उद्योग संचालनको लागि सम्पूर्ण प्रक्रिया अघि बढाएको छ । यसैगरी बुटवल धागो कारखाना, विरगञ्ज चिनी कारखाना र हेटोडा कपडा उद्योग संचालनको लागि पनि समिति गठन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्