Logo

पुँजी बजारको नियमन तथा पहुँच बढाउने बोर्डको योजना, यस्तो छ चालु आवका लागि नीति तथा कार्यक्रम

पुँजी बजारको नियमन तथा पहुँच बढाउने बोर्डको योजना, यस्तो छ चालु आवका लागि नीति तथा कार्यक्रम



काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपालबा सबै प्रदेशहरुमा प्रादेशिक कार्यालय खोल्ने तयारी गरेको छ । चालु आर्थिक बर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बोर्डले चालु आवमा प्रादेशिक कार्यालय स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिने उल्लेख गरेको हो । ‘देशको संघीय संरचना अनुसार पुँजी बजारको नियमन पहुँच बढाउन बोर्डको प्रादेशिक कार्यालय स्थापना सम्बन्धी संभाव्यता अध्ययन गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ ।

यस्तै बोर्डले वस्तुविनिमय बजारका लागि अनुमति पत्र प्रदान गर्ने, धितोपत्र बजारलाई पारदर्शी र स्वच्छ बनाईने, यो क्षेत्रमा देखिएका गलत अभ्यासलाई निरुत्साहित गराईनेलगायतका कुरालाई प्राथमिकतामा राख्दै आफ्नो बार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । उक्त नीति तथा कार्यक्रममा नियमित रुपमा बजारको अनुगमन गरिने, धितोपत्र बजारमा अवैध सम्पत्ति लगानीको सुक्ष्म निगरानी गर्नेलगायतका कुराहरुलाई समेटिएको छ ।

यस्तै बोर्डले आफ्नो डाटा सेन्टर स्थापना गर्ने, बजेटमा समेटिएका बिषयको सुनुवाई र कार्यान्वयन गर्ने, प्रतिनिधि सभा तथा लेखासमितिको निर्देशन पालना गर्ने कुरालाईसमेत बोर्डले आफ्नो कार्यक्रममा समावेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL