Logo

ग्लोबल आइएमई बैंकको सीईओमा सुरेन्द्रराज रेग्मी नियुक्त, भदौ १ देखि कार्यभार सम्हाल्ने

ग्लोबल आइएमई बैंकको सीईओमा सुरेन्द्रराज रेग्मी नियुक्त, भदौ १ देखि कार्यभार सम्हाल्ने



काठमाडौं । ग्लोबल आइएमई बैंकको सीईओमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बिहिबार बसेको बैठकले रेग्मीलाई भदौ १ गतेबाट लागु हुने गरि सीईओ नियुक्त गरेको हो ।

हाल बैंकको प्रमुख प्रमुख कार्यकारी अधिकृत रहेका रत्नराज बज्राचार्यको कार्यकाल साउन मसान्तसम्म रहेको छ। रेग्मी हाल बैंकको सिनियर डेपुटी सीइओ छन् । उनी सन् २००८ मा ग्लोबल आईएमई बैंकमा आवद्ध भएका थिए ।

उनीसँग बैंकिङ क्षेत्रमा ३५ वर्ष भन्दा धेरैको अनुभव छ । उनी हाल बैंकको सूचना अधिकारीको जिम्मेवारीमा पनि छन् । उनी बैंकको लगानी रहेको फर्स्ट माइक्रोफाइनान्सको संचालक समितिको अध्यक्ष पनि छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL