Logo

बालेनको काममा व्यापारीको अवरोध, फुटपाथ विस्तार हुँदा विरोध प्रदर्शन

बालेनको काममा व्यापारीको अवरोध, फुटपाथ विस्तार हुँदा विरोध प्रदर्शन



काठमाडौं । काठमाडौं महानगरपालिकाले उच्च अदालतको आदेश आएसँगै न्युरोडमा फुटपाथ विस्तार सुरु गरेपछि सो क्षेत्रका स्थानीय र व्यापारी विरोधमा उत्रिएका छन् । न्युरोडमा फुटपाथ बढाउन नहुने भन्दै उनीहरू विरोध प्रदर्शनमा उत्रिएका हुन्।

महानगरले फुटपाथ विस्तारका लागि न्युरोडको कालोपत्र काटेर ब्लक हाल्ने काम बुधबार बिहानदेखि सुरु गरेको हो । यसअघि सडक डिभिजन काठमाडौंले आफ्नो क्षेत्राधिकार भन्दै अवरोध गरेपनि महानगरले यो स्थानमा पुनः फुटपाथ विस्तार सुरु गरेको हो ।

महानगरले न्युरोडको सडक पैदलयात्रीमैत्री बनाउन ठेक्कामार्फत् जेठ ११ गतेदेखि काम थालेको थियो। जेठ १२ गते सडक डिभिजन काठमाडौंले खनिएको सडकमाथि कालोपत्र गरेको थियो। त्यसपछि महानगरले उच्च अदालत पाटनमा फुटपात विस्तार गर्न पाउँ भन्दै रिट दायर गरेको थियो।

आफ्नो पक्षमा फैसला आएपछि महानगरले फुटपाथको कामलाई अघि बढाएको हो। तर,व्यापारी र स्थानीयहरू पनि न्युरोडमा फुटपाथ बढाउन नहुने भन्दै महानगरविरुद्ध प्रदर्शनमा उत्रिएका छन्। अहिले त्यहाँ ठूलो संख्यामा प्रहरी र नगरप्रहरी परिचालन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL