Logo

मौद्रिक नीतिको अन्तिम तयारीमा राष्ट्र बैंक, शुक्रबार दिउँसोसम्म सार्वजनिक गर्ने योजना

मौद्रिक नीतिको अन्तिम तयारीमा राष्ट्र बैंक, शुक्रबार दिउँसोसम्म सार्वजनिक गर्ने योजना



काठमाडौं । चालु आर्थिक बर्षका लागि नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ । बुधबार अर्थमन्त्री विष्णु प्रसाद पौडेल र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार दिउँसोसम्म नै मौद्रिक नीति सार्वजनिक गर्नेगरी छलफलबाट निष्कर्श निकालेका थिए । त्यसलगत्तै गभर्नर पधिकारी नेपाल राष्ट्र बैंकका अधिकारीहरुसँग बैठकमा भाग लिएर मौद्रिक नीति सार्वजनिक गर्न अन्तिम तयारीमा लागिरहेको राष्ट्र बैंक स्रोतले बतायो । स्रोतका अनुसार आज बिहीबार पनि गभर्नर अधिकारीसहितको बैठक जारी छ ।

आन्तरिक छलफल सकिएसँगै शुक्रबार बिहान मौद्रिक नीति सार्वजनिक गर्नेगरी राष्ट्र बैंक संचालक समितबाट स्वीकृत गरिने र दिउँसोसम्म जारी गर्ने गरी तयारी गरिएको हो । खासगरी यसअघिका मौद्रिक नीतिहरु साउनको दोस्रो हप्तातिर मात्रै ल्याउने राष्ट्र बैंकले चालु आवमा भने पहिलो हप्तामै सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुर्याएको हो । राष्ट्र बैंक स्रोतका अनुसार करिव १ हप्ता अघि नै सबै निकायबाट मौद्रिक नीतिमा राय सुझाव लिने कार्य सम्पन्न भईसकेकाले अब यसलाई अन्तिम रुप दिएर सार्वजनिक गर्न मात्रै बाँकी रहेको छ ।

यसैका कारण बुधबार साँझ करिव २ घण्टासम्म अर्थमन्त्री पौडेल र गभर्नर अधिकारीबीच छलफल भएको थियो ।
यसपल्टको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले कर्जा प्रवाह, कर्जाको सावाँ ब्याज संकलनलगायतमा लचिलो नीति लिनुपर्ने भन्दै निजी क्षेत्रका हरेक निकायले सुझाव दिईसकेका छन् । खासगरी अर्थतन्त्र नै शिथिल भईरहेको र बैंकमा तरलता खुम्चिरहेको कुरालाई औंल्याउँदै उद्योगी व्यवसायीहरुले अब बैंकको तरलता बजारमा पठाउनुपर्ने माग गर्दै आएका छन् । अझ अर्थतन्त्र चलायमान बनाउनकै लागि भएपनि तरलतालाई बजारमा प्रवाह गर्न सकिए उत्पादकत्व बढ्ने र बजार चलायमान हुने उनिहरुको भनाई छ ।

यस्तै केहि उद्योगी व्यवसायीहरुले भने कर्जाको सावाँ र ब्याज तिर्न मुस्किल परिरहेकाले कर्जा बुझाउने समयावधि लम्ब्याउनुपर्ने, किस्ताको संख्या बढाउनुपर्ने, ब्याज पुँजीकरण गरिनुपर्ने तथा पुनर्कर्जाको सुविधा दिनुपर्ने माग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL