Logo

एक वर्षमै विदेशी लगानीकर्ताले नेपालबाट फिर्ता लगे पौने १६ अर्ब रुपैयाँ, लाभांसमा मात्रै १० अर्ब बाहिरियो

एक वर्षमै विदेशी लगानीकर्ताले नेपालबाट फिर्ता लगे पौने १६ अर्ब रुपैयाँ, लाभांसमा मात्रै १० अर्ब बाहिरियो



काठमाडौं । गएको आर्थिक बर्ष २०८०/८१ मा विदेशी लगानीकर्ताहरुले नेपालबाट झण्डै पौने १६ अर्ब रुपैयाँ लगानी फिर्ता (रिपार्टेसन) लिएका छन् । उद्योग विभागले सार्वजनिका गरेको पछिल्लो तथ्यांक अनुसार गएको आर्थिक बर्षको पहिलो महिना साउनदेखि असार मसान्तसम्म १५ अर्ब ७४ करोड ३४ लाख रुपैयाँ लगानी फिर्ता लिनका लागि विदेशी लगानीकर्ताले सिफारिस लिएका हुन् ।

खासगरी नेपालमा लगानी गरेका विदेशी लगानीकर्ताहरुले लाभांस, रोयल्टी, सेवा शुल्कलगायत शिर्षकमा लगानी फिर्ता लैजाने गरेका छन् । गत आर्थिक बर्षभरी विदेशी लगानीकर्ताले नेपालमा संचालित परियोजनाहरुबाट १० अर्ब ७ करोड ८२ लाख रुपैयाँ लाभांस मात्रै फिर्ता लिएका छन् । यस्तो लाभांस अघिल्लो आर्थिक बर्ष २०७९/८० मा भने १३ अर्ब बढी बाहिरिएको थियो । गएको असारमा मात्रै यस्तो लाभांस विदेशी लगानीकर्ताहरुले नेपालबाट १० करोड ५३ लाख रुपैयाँ फिर्ता लिएका छन् ।

यस्तै यसै अवधिमा विदेशी लगानीकर्ताहरुले नेपालमा संचालित परियोजनाहरुबाट ५ अर्ब ४८ करोड रुपैयाँ बराबरको रोयल्टी पनि फिर्ता लिनका विभागबाट सिफारिस लिएका छन् । यस्तो रकम फिर्ता लैजानका लागि विदेशी लगानीकर्ताहरुले उद्योग विभागबाट सिफारिस लिएर राष्ट्र बैंकमार्फत फिर्ता लैजाने गरेका छन् । यस्तै यसै अवधिमा लगानीकर्ताहरुल्े नेपालबाट १८ करोड ३४ लाख रुपैयाँ बराबरको सेवा शुल्क पनि लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL