Logo

पदभार ग्रहण गर्दै अर्थमन्त्री पौडेलले भने-सेयर बजारलाई जुवाघर होइन अर्थतन्त्रको ऐनाको रूपमा हेरिन्छ

पदभार ग्रहण गर्दै अर्थमन्त्री पौडेलले भने-सेयर बजारलाई जुवाघर होइन अर्थतन्त्रको ऐनाको रूपमा हेरिन्छ



काठमाडौं । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सेयरबजारलाई जुवाघर नभई अर्थतन्त्रको ऐनाको रुपमा हेरिने बताएका छन् । सोमबार अर्थमन्त्रालयको कार्यकक्षमा पदभार ग्रहण गर्दै उनले सेयर बजारलाई जुवाघरको टिप्पणीले नकारात्मक असर गरिरहेको बताउँदै अब अर्थतन्त्रको ऐनाकै रुपमा हेर्ने बताए ।

पदभार ग्रहण गर्द‍ै उनले अब अर्थतन्त्रसँगै सबै क्षेत्रलाई चलायमान बनाउने गरी काम हुनेसमेत बताए । उनले पदभार ग्रहण गरेपछिको पहिलो निर्णयमा विकासको नयाँ विकल्पको खोजि गर्ने सम्बन्धमा संस्थागत अध्ययन गर्ने, खोजि र कार्यान्वयन गर्ने बताएका छन् ।

पछिल्लो समय अर्थतन्त्रमा शिथिलता छाएपनि निजी क्षेत्रदेखि हरेक क्षेत्रमा निराशा छाएको बताउँदै उनले अब नयाँ सरकारले गुमेको आन्मविश्वासलाई पुनर्जागृत गराउने बताए । उनले आगामी आर्थिक बर्षको बजेटले विकासमा कुनै वाधा पुर्याए सोही अनुसार सल्टाउनेसमेत उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL