Logo

माछापुच्छ्रे बैंकको डीसीईओमा प्रसिद्ध अर्याल, डीजीएममा जमरकट्टेललाई बढुवा गर्ने निर्णय

माछापुच्छ्रे बैंकको डीसीईओमा प्रसिद्ध अर्याल, डीजीएममा जमरकट्टेललाई बढुवा गर्ने निर्णय



काठमाडौं । माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा प्रसिद्ध राज अर्याल बढुवा भएका छन् । बैंकको बिहीबार बसेको संचालक समितिको बैठकले उनलाई बढुवा गरेको हो । उनी साउन १ गतेदेखि लागू हुनेगरी उक्त पदमा बढुवा भएको बैंक स्रोतले जानकारी दिएको छ । यस्तै बैंक संचालक समितिले बैंकको नायव महाप्रवन्धक (डीजीएम) पदमा सुभाष जमरकटेललाई बढुवा गर्ने निर्णय गरेको छ ।

डीसीईओमा बढुवा भएका अर्यालले काठमाडौं विश्वविद्यालयबाट व्यापार प्रशासन संकायमा स्नातकोत्तर गरेका छन् । उनीसँग कर्जा, ट्रेजरी तथा करेसपोन्डेन्ट बैंकिङ, शाखा सञ्चालन र लघुवित्त जस्ता विभिन्न बैंकिङ क्षेत्रमा १६ वर्ष भन्दा बढीको अनुभव रहेको छ । अर्याल यसअघि सिभिल बैंक, सनराइज बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकमा समेतमा रही विभिन्न पदमा कार्य अनुभवी रहेको बैंकले बताएको छ ।

यस्तैडीजीएममा बढुवा भएका सुभाष जमरकटेल सन् २०११ देखि माछापुच्छ्रे बैंकमा आवद्ध छन् । जमरकटेल लेखा र बैंकिङ क्षेत्रमा विशेषज्ञता भएको उच्च दक्ष र अनुभवी चार्टर्ड एकाउन्टेन्टको रुपमा चिनिन्छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL