Logo

दोस्रो दिन पनि दोहोरो अंकमा घट्यो नेप्से, किन निरास हुँदैछन् लगानीकर्ता ?

दोस्रो दिन पनि दोहोरो अंकमा घट्यो नेप्से, किन निरास हुँदैछन् लगानीकर्ता ?


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । दशै लगत्तै बजार बढ्ने आशमा बसेका लगानीकर्ता दोस्रो दिन पनि निरास बन्न पुगेका छन् । बजार खुलको केही सयम समान्य बढेको नेप्से परिसुचक अन्तमा दोहोरो अंकले घट्न पुग्यो ।

सोमबार नेप्से परिसुचक १० दशमलव ३८ अंकले घट्दै १ हजार ८ सय अंकभन्दा तल झरेर अडिएको छ । बैंकिङ र बीमा समुहको परिसुचक ओरालो लागेसँगै समग्र नेप्से परिसुचक घट्न गएको हो ।

बजारमा सवैभन्दा बढी बीमा समुहको परिसुचक ६२ अंकभन्दा बढीले ओरालो लागेको छ । त्यसैगरी सवैभन्दा बढी प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक पनि १४ दशमलव ३९ अंकले घट्न पुगेको छ भने विकास बैंक समुह पनि झण्डै ४ अंकले ओरालो लागेको छ ।

सोमाबार होटल समुहको परिसुचक पनि २२ अंकभन्दा बढीले ओरालो लागेको छ । तर, बजारमा जलविद्युत र अन्य समुहका परिसुचक भने उकालो लागेका छन् । पछिल्लो बैंकको व्याजदर बढ्दै जानु तथा केही लगानी अन्य क्षेत्रमा डाइभर्ट भएका कारण सेयर बजार दिनहुजसो ओरालो लागेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ‘अहिले सेयर बजारमा प्रायजसो लगानीकर्ताले कर्जा लिएर लगानी गरिरहेका छन्,’ एक लगानीकर्ताले भने, ‘बैंक व्याज बढेसँगै लगानीकर्ताहरु हतास भएका छन् ।’ साथै केही ठूला लगानीकर्ताले आफ्नो लगानी अन्य क्षेत्रमा डाइभर्ट गरेकाले पनि बजारमा नकारात्मक असर परेको हो ।

सोमबार बजारमा कारोवार रकम भने सामान्य बढेको छ । आइतबार ६० करोड रुपैयाँमा सिमित रहेको कारोवार सोमबार बढेर ६३ करोड ६७ लाख रुपैयाँ पुगेको छ । दिनभर सवैभन्दा बढी कुमारी बैंकको ७ करोड ७५ लाख रुपैयाँको सेयर खरिदविक्री भएको छ । यसैगरी प्रभु इन्स्योरेन्स दोस्रो स्थानमा रहँदै ५ करोड ७३ लाख रुपैयाँ बरावरको सेयर कारोवार भएको छ । दिनभर कुल १ सय १६ कम्पनीको ७ लाख ८३ हजार कित्ता सेयर खरिद विक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्