Logo

तीन वस्तुको निर्यात ५ अर्ब नाघ्यो, यस्ता छन् अर्ब बढीको निर्यात हुने १७ वस्तु

तीन वस्तुको निर्यात ५ अर्ब नाघ्यो, यस्ता छन् अर्ब बढीको निर्यात हुने १७ वस्तु


बिजखबर संवाददाता
27
Shares

कुल ग्राहस्थ उत्पादनको झण्डै एक तिहाई बराबरको व्यापार घाटा बेहोरिरहेको नेपालको निर्यात अत्यन्तै कमजोर रहेको छ । उत्पादन वृद्धि तथा निर्यात प्रवद्र्धन गर्न नसक्दा नेपालका अधिकांश वस्तुको निर्यातको आकार अर्ब रुपैयाँ बराबर भन्दा भढ्न सकेका छैनन् ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार नेपालबाट जम्मा ३ ओटा वस्तु मात्रै ५ अर्ब रुपैयाँ भन्दा बढीको निर्यात हुने गरेको छ । आर्थिक वर्ष २०७२÷७३मा उनी गलैचा, तयारी पोशाक र धागोको निर्यात ५ अर्ब रुपैयाँ भन्दा बढी रकम बराबरको भएको हो । केन्द्रकाअनुसार उक्त अवधिमा उनी गलैचा ८ अर्ब ६ करोड रुपैयाँ, तयारी पोशाक ५ अर्ब ८८ करोड र विभिन्न प्रकारका धागोको निर्यात ५ अर्ब ३५ करोड रुपैयाँ बराबरको भएको हो
समिक्षा अवधिमा १७ ओटा वस्तुको निर्यात अर्ब रुपैयाँ भन्दा बढी रकम बराबरको भएको हो । छाल वस्तु, अलैची, मञ्जन, फेल्ट, जुसलगायत वस्तुको निर्यात अर्ब भन्दा बढी रकममा भएको छ । केन्द्रकाअनुसार उक्त अवधिमा छाला वस्तु १ अर्ब २९ करोड, अलैची ४ अर्ब ६१ करोड रुपैयाँ, चिया २ अर्ब ४० करोड, आयुर्वेदिक औषधि १ अर्ब २४ करोड, जुस ३ अर्ब १८ करोड, रोजिन एण्ड रेजिन १ अर्ब ७० करोड, मञ्जन १ अर्ब १ करोड, कपडा ३ अर्ब ३९ करोड, पश्मिना २ अर्ब ८८ करोड, जुट बोरा र मोजा १ अर्ब ९२ करोड, फेल्ट १ अर्ब २७ करोड, जुत्ता १ अर्ब ६० करोड, आईरन स्टिलस् ४ अर्ब ६६ करोड र तामा वस्तु १ अर्ब १३ करोड रुपैयाँ बराबरको निर्यात भएको हो ।
उक्त अवधिमा नेपालबाट निकासी भएका प्रमुख वस्तुहरुमा ऊनी गलैंचा, तयारी पोशाक, मुसुरोको दाल, पोलिष्टर तथा अन्य धागो, टेक्सटाइल, फलाम तथा स्टील र तिनका उत्पादनहरु, हस्तकलाका सामानहरु, चाँदीका गरगहनाहरु, चाउचाऊ, टुथपेष्ट, अलैंची, चिया, अदुवा, नेपाली हातेकागज, छाला, पश्मिना सल तथा जडिवुटीलगायत रहेका छन् । समीक्षा अवधिमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ऊनी गलैंचाको निर्यातमा १६.० प्रतिशतले, तयारी पोशाकको निर्यातमा ११.३% ले र पश्मिना सलको निर्यातमा ९.१ प्रतिशतले वृद्धि भएको छ । यसै गरी फलाम तथा स्टील र तिनका उत्पादनहरुको निर्यातमा ५४.६ प्रतिशतले र पोलिष्टर तथा अन्य धागोमा १९.४ प्रतिशतले ह्रास आएको हो ।
नेपालको निर्यात व्यापारमा प्रमुख साझेदार मुलुकहरुमा भारत, संयुक्त राज्य अमेरिका, जर्मनी, संयुक्त अधिराज्य, चीन, टर्की, फ्रान्स, बङ्गलादेश, जापान, इटाली आदि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्