Logo

क्यूआर पेमेन्टलाई राष्ट्र बैंकको थप सहजीकरण, अब अन्तरराष्ट्रिय भुक्तानी पनि स्वीकार गर्नुपर्ने

क्यूआर पेमेन्टलाई राष्ट्र बैंकको थप सहजीकरण, अब अन्तरराष्ट्रिय भुक्तानी पनि स्वीकार गर्नुपर्ने



काठमाडौं । यसअघि देशभित्रकै सानादेखि ठुला भुक्तानीमा क्वीक रेस्पोन्स (क्यूआर)पेमेन्टलाई प्राथमिकता दिँदै आएको नेपाल राष्ट्र बैंकले यो माध्यमलाई थप सहजीकरण गरेको छ । केन्द्रिय बैंकले बिहीबार एक परिपत्र जारी गर्दै अब विदेशबाट हुने र विदेशमा हुने क्यूआर भुक्तानीलाई पनि स्वीकृत प्रदान गर्ने व्यवस्था गरेको हो ।

परिपत्रमार्फत केन्द्रिय बैंकले भारत र भुटानमा अन्तरराष्ट्रिय भुक्तानी कारोबार गर्दा यस्तो सेवा स्वीकृत गर्न सकिने उल्लेख गरेको छ । जसमा भारतमा हुने पीटुपी भुक्तानीमा प्रतिदिन १५ हजार र प्रतिमहिना १ लाख रुपैयाँ जम्मा हुनेगरी क्यूआरमार्फत भुक्तानी गर्न सकिने भएको छ । यसअघि कार्डमार्फत मात्रै दिईएको यस्तो सुविधा अब क्यूआरमार्फत पनि दिन सुरु गरिएको हो । नेपालले नेशनल पेमेन्ट स्वीच संचालनमा नल्याउँदासम्म निश्चित सीमाभित्र रहेर क्यूआरमार्फत अन्तरदेशिय कारोबार संचालन गर्न सकिने उल्लेख गरेको छ ।

व्यपारीहरुले पनि वस्तु वा सेवा विक्री गरेवापत र खरिद गरेवापत क्यूआरलगायतका माध्यमबाट भुक्तानी गर्न सकिने गरी सहज व्यवस्था सर्कुलरमार्फत गरिएको छ । यस्तै अब नेपालमा शाखा खोलेर संचालन भईरहेको विदेशी कम्पनीहरुले लैजाने लाभांस फिर्तामा पनि सहजीकरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्