Logo

स्थानीय तहको अनुदान हस्तान्तरण गर्ने मन्त्रिपरिषदको निर्णय, स्थानीय तहले १७ अर्ब पाउँदै

स्थानीय तहको अनुदान हस्तान्तरण गर्ने मन्त्रिपरिषदको निर्णय, स्थानीय तहले १७ अर्ब पाउँदै



काठमाडौं । सरकारले स्थानीय तहलाई हस्तान्तरण हुन बाँकी वित्तीय समानीकरण अनुदानको रकम हस्तान्तरण गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले चालु आर्थिक बर्ष २०८०/८१ मा स्थानीय तहलाई हस्तान्तरण हुन बाँकी १६ अर्ब ९९ करोड २२ लाख रुपैयाँ विभिन्न स्थानीय तहलाई हस्तान्तरण गर्ने निर्णय गरेको हो ।

चालु आर्थिक बर्षको बजेटमार्फत ८७ अर्ब ३५ करोड २९ लाख रुपैयाँ विनियोजन भएको थियो । त्यसमध्ये १६ अर्ब ९९ करोड २२ लाख तत् तत् स्थानीय तहमा हस्तान्तरण गर्ने भएको हो ।

सरकारले हालसम्म स्थानीय तहलाई ६४ अर्ब २४ करोड रुपैयाँ निकासा गरिसकेको छ । सोमबारको निर्णय अनुसार १६ अर्ब ९९ करोड निकासा भएमा स्थानीय तहहरुले यो वर्ष कूल ८१ अर्ब २३ करोड समानीकरण अनुदान प्राप्त गर्ने छन् । जुन सुरु विनियोजन भन्दा ६ अर्ब १२ करोड कम हो ।

प्रतिक्रिया दिनुहोस्
MBL