Logo

टेलिकमले पायो फोरजी संचालनको अनुमति, शुक्रबारभित्र व्यवसायीक कार्यायोजना पेश

टेलिकमले पायो फोरजी संचालनको अनुमति, शुक्रबारभित्र व्यवसायीक कार्यायोजना पेश


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल टेलिकमले फोरजी संचालको लागि अनुमति पाएको छ । नियामक निकाय नेपाल दूरसंचार प्रधिकरणले शुक्रबार टेलिकमलाई फोरजी संचालनको लागि अनुमति प्रदान गरेको हो । नेपालमा पहिलो पटक टेलिकलाई फोरजी संचालनको लागि अनुमति दिइएको प्राधिकरणका प्रवक्त मीनप्रसाद अर्यालले जानकारी दिएको छ ।

अर्यालका अनुसार एक हप्ताभित्रै व्यवसायीक कार्ययोजना पेश गर्नेगरी टेलिकमलाई अनुमति प्रदान गरेको हो । जस अनुसार टेलिकमले शुक्रबार भित्रै सो कार्ययोजना पेश गर्नुपर्ने हुन्छ ।
4g

टेलिकमले स्वीकृति पाएसँगै केही समय यता चर्चामा रहेको फोरजी सेवा अव कार्यान्वयनमा आउने भएको छ । प्राधिकरणले फ्रिक्वेन्सी बाँडफाड सम्बन्धी संसोधन नीति अनुसार टेलिकमलाई १८ सय व्याण्डमा प्रविधि तटस्थ अनुसार फोरजी संचालन अनुमति दिइएको हो ।

टेलिकमका प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले पनि नियामक निकायले स्वीकृति प्रदान गरेसँगै सोही अनुरुप काम अघि बढाइएको बताइन् । हाल सो सम्बन्धमा सम्पूर्ण तयारी भइसकेको समेत उनको भनाइ छ । साथै व्यवसायीक कार्ययोजना स्वीकृति भएको २ महिनाभित्र टेलिकमका ग्राहकले फोरजी संचालन गर्न सक्ने समेत उनले जानकारी दिइन् ।

प्राधिकरणले फोरजी संचालनको अनुमती दिएसँगै सेवाप्रदायक कम्पनीले प्राधिकरणमा सेवा विस्तार सम्बन्धी कार्ययोजना पेस गर्नु पर्नेछ । सो कार्यायोजना पेस भए पश्चात प्राधिकरणले निश्चित अवधि र सर्त तोकी समय प्रदान गर्न सक्छ । फोरजी प्रविधिमा उपभोक्ताले उच्च गतिको इन्टरनेट चलाउन सक्नेछन् । त्यस्तै इन्टरनेटमा आधारित टेलिफोन (आईपी टेलिफोन ) सेवा चलाउन सकिन्छ । यसमा गेमिङ उच्च डेफिनेसनको भिडियो सेवा, भिडियो कन्फ्रेरेन्सिङ लगायतका सेवा समेत चलाउन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्