Logo

हेटौंँडा कपडा कारखाना सञ्चालनको मोडालिटी अध्ययन गरिदै, चाँडै नै काम थालिने

हेटौंँडा कपडा कारखाना सञ्चालनको मोडालिटी अध्ययन गरिदै, चाँडै नै काम थालिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले हेटौंडा कपडा उद्योग सञ्चालनको तयारी थालेको छ । हाल कपडा कबारखानाको संचालनको मोडालिटी अध्ययनका लागि कार्यदल तयार गरिएको उद्योग मन्त्री नविन्द्रराज जोशीले जानकारी दिए । आइतवार मन्त्रालयमा आयोजित दशैंको शुभकामना आदानप्रदान कार्यक्रममा उनले यस्तो बताएक हुन् ।

डा. पुष्कर बज्राचार्यको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरिएको उनले बताए । साथै सो टोलि भ्रमणबाट फर्किएपछि काम शुरु गरिने बताइएको छ । सरकारको शेयरमा निजीले चलाउने गरी बन्द रहेका उद्योग सञ्चालनको प्रक्रिया शुरु गरिएको बताए । ‘३३ प्रतिशत निजी क्षेत्रको सेयर र अन्य सरकारी गरी बन्द उद्योग सञ्चालन गरिने छ’ उनले भने ।

त्यस्तै खानी सल्लाहकार समितिको ३ सदस्यीय समिति गठन गर्न लागिएको मन्त्री जोशीले जानकारी दिए । खनिज अन्वेषण विकास एंम भूगर्भ अनुशन्धान कार्य तथा नियमावली नीति समसामयीक सुधार गर्न कार्यदल गण्ठ गर्न लागेको हो ।

मन्त्रालयले वैदेशिक लगानी नीतिमा समसामयीक सुधार गर्ने योजना अघि सारेको छ । त्यस्तै ठूला लगानीकर्ता तथा उद्योगलाई आकर्षित गर्ने तथा सानाको लगानी संरक्षण गर्ने उद्देश्यका साथ उद्योग मन्त्रालय लागेको मन्त्री जोशीले बताए ।

मेसिनमा प्रत्यक्ष रुपमा काम गर्ने मजदुरका लागि विमाको व्यवस्था गर्नेबारे सोचिएको समेत जानकारी मन्त्रि जोशीले दिए ।

जोशीले संसद कोषको रकमबाट उद्यमशिलताको तालीम दिने योजना सुनाए । यसका लागि समिति निर्माण गरिएको समेत जानकारी उनले दिए । जसअनुसार ७५ जिल्लामा उद्यमी विकासका लागि प्रस्ताव आवह्वान गरिएको छ । तिहार लगतै उद्यमी बन्न चाहनेलाई तालीमको व्यवस्था गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्