Logo

आगामी मौद्रिक नीतिका लागि रायसुझाव माग, असार १६ सम्म बुझाउन मिल्ने

आगामी मौद्रिक नीतिका लागि रायसुझाव माग, असार १६ सम्म बुझाउन मिल्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्ष २०८१/८२ का मा मौद्रिक नीतिका लागि रायसुझाव माग गरेको छ । आईतबार सार्वजनिक सूचना जारी गर्दै केन्द्रिय बैंकले सरोकारवालाहरुसँग उक्त सुझाव माग गरेको हो ।

बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा व्यवस्था भएबमोजिम प्रत्येक बर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आएको छ । सोही मौद्रिक नीतिमा केन्द्रिय बैंकले निजी क्षेत्र र सरोकारवालाहरुसँग सुझाव लिने गरेको छ ।

यसपल्ट आगामी असार १६ सम्म राष्ट्र बैंकका सुझाव दिन सकिनेछ । यस्तो सुझाव बैंकको इमेल, फ्याक्स, फोनमार्फत दिन सकिने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL