Logo

एक हप्ताभित्र सेवा प्रदायकलाई फोरजीको लाइसेन्स, २ महिना भित्रै संचालनमा

एक हप्ताभित्र सेवा प्रदायकलाई फोरजीको लाइसेन्स, २ महिना भित्रै संचालनमा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले फोरजी सेवा सञ्चालनका लागि १ हप्ताभित्र लाइसेन्स दिने भएको छ । आगामी साता दुवै सेवा प्रदायकलाई लाइसेन्स दिने गरी प्रक्रिया अघि बढाइएको नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्वर झाले बताए । फ्रिक्वेन्सी नीति पास भएर सेवा प्रदायहरु समेत फोर जी सञ्चालनका लागि तयार भएपनि नेपाल दूरसञ्चार प्राधिकरणले हालसम्म सञ्चालनको अनुमती पत्र दिएको थिएन ।

‘संचालनका लागि सम्पूर्ण गृहकार्य सकिए पनि टेलिकममा प्रवन्ध निर्देशक नियुक्तीमा भएको ढिलाईले फोरजी अन्यौलमा परेको थियो,’ उनले भने ‘प्रवन्ध निर्देशक नियुक्त हुनासाथ त्यसको प्रक्रिया अघि बढाएका हौ ।’

फोर जी संचालनका लागि नेपाल टेलिकम र एनसेलले मात्र आवेदन दिएका छन् । दुवै संस्थालाई एकैपटक सञ्चालन अनुमती दिन लागिएकोले ढिलाई भएको हो ।

दुवै सेवा प्रदायक फोर जी सञ्चालनका लागि तयारी अवस्थामा रहेकोले अनुमती दिएको करिव २ महिना भित्रै सञ्चालनमा ल्याउन सकिने उनले जानकारी दिए । प्राधिकरणका अध्यक्ष झाका अनुसार अनुमती दिएपछि उपकरण खरीद गरि सञ्चालनमा ल्याउन १ वा डेढ महिना लाग्नेछ ।

प्राधिकरणले फोरजी संचालनको अनुमती दिएसँगै सेवाप्रदायक कम्पनीले प्राधिकरणमा सेवा विस्तार सम्बन्धी कार्ययोजना पेस गर्नु पर्नेछ । सो कार्यायोजना पेस भए पश्चात प्राधिकरणले निश्चित अवधि र सर्त तोकी समय प्रदान गर्न सक्छ । फोरजी प्रविधिमा उपभोक्ताले उच्च गतिको इन्टरनेट चलाउन सक्नेछन् । त्यस्तै इन्टरनेटमा आधारित टेलिफोन (आईपी टेलिफोन ) सेवा चलाउन सकिन्छ । यसमा गेमिङ उच्च डेफिनेसनको भिडियो सेवा, भिडियो कन्फ्रेरेन्सिङ लगायतका सेवा समेत चलाउन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL