Logo

मोवाइलमा दशै अफर, सेल्फिस्टिकदेखि मोटरसाइकल र ४० लाखसम्म जित्ने मौका

मोवाइलमा दशै अफर, सेल्फिस्टिकदेखि मोटरसाइकल र ४० लाखसम्म जित्ने मौका


रक्षा रेग्मी
0
Shares

काठमाडौं । चाडपर्व नजिकिएसँगै विभिन्न मोवाइल मोवाइल विक्रेताहरुले उपहार योजना लागू गरेका छन् । विभिन्न ब्राण्डका मोवाइलको नेपालस्थित विभिन्न आधिकारिक विक्रेताहरुले मोवाइलमा विशेष उपहार योजना लागु गरेका हुन् ।

विक्रेताले चाडपर्वमा उपभोक्ता तान्न तथा व्राण्डको प्रवद्र्धनका लागि विभिन्न प्रतिस्पर्धात्मक उपहार योजना ल्याएका हुन् । चाडपर्वमा मोवाइलको विक्री बढी हुने भएकोले पनि विशेष उपहार योजना सञ्चालन गर्ने प्रचलन छ ।

उपभोक्ता पनि उपहार तथा छुट पाइने भएकोले मोवाइल खरिदका लागि चाडपर्व कुर्ने गर्छन् । त्यसले गर्दा विक्रेताले बढी विक्री हुने समयमा विशेष उपहार सञ्चालन गर्ने गरेको नेपाल मोवाइल संघका अध्यक्ष पुरुषोत्तम बस्नेतले जानकारी दिए । मोवाइलमा हात खाली नजाने उपहार देखि मोटरसाइकलसम्म भएको बताइएको छ ।

दशैलाई लक्षित गरी सामसुङ मोवाइलले दशैमा सेभिङ योजना ल्याएको छ । जस अन्तरगत ४० दिनसम्ममा दैनिक १ लाख रुपैयाँका दरले ४० लाख रुपैयाँ जित्न सक्नेछन् । यसैगरी मोवाइल अनुसार १२ हजार रुपैयाँसम्म क्यास व्याक पाउनेछन् । यसैगरी दैनिक ३ जनालाई गियर एस २, लेभर बक्स र लेभव यु प्राप्त गर्न सक्नेछन् ।

यसैगरी, हुवावे मोवाइलले रोयल यनिफल्ड, भेष्पा र विभिन्न हात खाली नजाने उपहार सार्वजनिक गरेको छ । जसअनुसार मोवाइल खरिदमा उपलब्ध गराइने कोडमा एसएमएस गरी सो योजनामा सहभागी हुन सकिन्छ । त्यस्तै हुवावेले मोवाइल कभर, सेल्फिस्टि, स्टीकर, पावर बैंकलगायत हात खाली नजाने उपहार प्रदान गर्ने बताइएको छ ।

त्यस्तै कार्वन मोवाइलले कार्वनको कमाल व्यालेन्स मालामाल अफर सञ्चालनमा ल्याएको छ । जसअनुसार कुनैपनि कार्वन स्मार्टफोन किन्दा कार्वन स्पेस आइएमइआई नम्वर टाइप गरेर ३३००१ मा एसएमएस गर्नुपर्ने छ । जसमा प्रत्यक दिन ५० जना विजेता बन्ने छन् । उनीहरुले १ हजार ५ सयको रिचार्ज प्राप्त गर्ने बताइएको छ ।

पानासोनिकले पनि दशैं तिहार लक्षित योजना सार्वजनिक गरेको छ । पानासोनिक १ सय प्रतिशत क्यासव्याक योजनाका विजेताले पुरै पैसा फिर्ता पाउने बताइएको छ । योजनामा सहभागी हुन पानासोनिक स्पेस आइएमइआई नम्वर टाइप गरी ३४००१ मा एसएमएस गर्न सकिन्छ । पानासोनिकको स्मार्ट फोन खरिद गरेर ५ जनाले हरेक दिन १ सय प्रतिशत पैसा फिर्ता पाउने छन् ।

यसैगरी, नेपालमा विक्री हुने अन्य ब्राण्डका मोवाइलहरुले पनि सोही अनुरुप उपहार योजना घोषणा गरेका छन् । साथै, केही मोवाइल कम्पनीले केही समयभित्रै योजना सार्वजनिक गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्