Logo

विद्युत प्राधिकरणमाथि उद्योग परिसंघको आरोप, स्वदेशी उद्योगलाई लोडसेडिङमा राखेर विद्युत निर्यात गरियो

विद्युत प्राधिकरणमाथि उद्योग परिसंघको आरोप, स्वदेशी उद्योगलाई लोडसेडिङमा राखेर विद्युत निर्यात गरियो



काठमाडौं । नेपालका उद्योगहरुमा लोडसेडिङ यथावत राख्दै नेपाल विद्युत प्राधिकरणले विद्युत निर्यात गरेको आरोप नेपाल उद्योग परिसंघले लगाएको छ ।

विद्युत प्राधिकरणले सोमबारदेखि दैनिक ४०० मेगावाट विद्युत निर्यात गर्ने गरेको कुरा विज्ञप्तिीमार्फत सार्वजनिक गरेको थियो ।

सरकारले स्वदेशी उद्योगहरुको प्रवद्र्धन गर्ने, निजी क्षेत्रको मनोबल बढाउन प्रयासरत रहेको बताइरहँदा सरकारी निकाय नै रहेको विद्युत प्राधिकरणले स्वदेशी उद्योगहरुलाई मारेर विद्युत निर्यात गरेको परिसंघको आरोप छ ।

हामीले विद्युत उत्पादन कम हुँदा आयात गरेरै भएपनि उद्योगहरुलाई विद्युत उपलब्ध गराउन आग्रह गर्दैै आएका थियौं । तर, प्राधिकरणले विद्युत आयात गर्दा महङ्गो पर्ने तर्क गर्दै विद्युत आयात नै गरेन । जसको मारमा उद्योगहरु विगत तीन महिनाअघि देखि पर्दै आएका छन् ।

अहिले विद्युत बचत हुँदा पनि उद्योगहरुलाई पर्याप्त उपलब्ध नगराई निर्यात गर्नु भनेको प्राधिकरणले आफुलाई ‘खुद निर्यातकर्ता’ देखाउन खोजेको पुष्टि गरेको परिसंघको भनाई छ । प्राधिकरणको यस कार्यको परिसंघ खेद प्रकट गरेको छ ।

‘स्वदेशी उद्योगमा बिजुली मागेजति नदिने तर निर्यात गरेर आम्दानी देखाउनेतर्फ ध्यान नदिई स्वदेशी उद्योगहरुको प्रबद्र्धनमा सहयोग गर्न परिसंघ आग्रह गर्दछ,’ परिसंघबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘साथै, उद्योगहरुलाई पर्याप्त विद्युत उपलब्ध गराएर बचत रहेको विद्युत मात्रै निर्यात गर्न परिसंघ जोडदार माग गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्
MBL