Logo

बजेट सकारात्मक छ, कार्यान्वयन भए ६ प्रतिशतको आर्थिक वृद्धि हासिल सम्भव छ : चन्द्र ढकाल

बजेट सकारात्मक छ, कार्यान्वयन भए ६ प्रतिशतको आर्थिक वृद्धि हासिल सम्भव छ : चन्द्र ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले २०८० असोज २५ गते विद्यमान आर्थिक समस्या समाधान र नयाँ चरण को सुधारका लागि उच्चस्तरीय आयोगको माग गरेको थियो । सोही अनुरूप नयाँ चरणको सुधार र आयोग बन्ने सँगै सुधार बर्ष घोषणा भएको छ ।

महासंघले प्रवर्द्धन गरेको सानो बचत बाट लगानी कम्पनी खोल्ने र विभिन्न क्षेत्रमा लगानी गर्ने कम्पनी लाई प्रवर्द्धन गर्ने भनिएको छ, कृषिमा करार खेती र पहाड मा फलफूल खेती को विषय बजेटमा आएकाे छ । प

र्यटनमा वैवाहिक पर्यटन MICE पर्यटन Hill station बिकास गर्ने विषय आएका छन् । सूचना प्रविधि र start up मा केहि सहुलियत र विस्तारका योजना छन् ।

निजी क्षेत्र प्रवर्द्धन जुन महासंघको सँधैको माग थियो त्यसलाई पहिलो प्राथमिकतामा समेटिएको छ।

यसको कार्यान्वयन राम्रोसँग हुन सक्यो भने ६% को आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सम्भव पनि छ । बाँकि राजश्वमा भएको परिवर्तन अन्य विषयका असरका बारेमा आर्थिक विधेयक हेरेर महासंघले आफ्नो आधिकारिक धारणा प्रस्तुत गर्नेछ । ढकाल नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL