Logo

उखुको खोस्टाबाट विजुली निकाल्न ३ चिनी उद्योगसँग करार सम्झौता, मन्त्रालयमा प्रस्ताव पेस

उखुको खोस्टाबाट विजुली निकाल्न ३ चिनी उद्योगसँग करार सम्झौता, मन्त्रालयमा प्रस्ताव पेस


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । उखुको खोस्टा (वगास) बाट विजुली निकाल्ने प्रक्रिया अघि बढेको छ । विजुली उत्पादनका लागि चिनी उद्योगहरुसँग करार सम्झौता भएको विद्युत विकास विभागका उपमहानिर्देशक नविनराज सिंहले जानकारी दिए ।

सिंहका अनुसार करार सम्झौतामा विजुली उत्पादन, अनुमती, लाइसेन्सलगायतको शर्तहरु उल्लेख छ । त्यस्तै सो सम्झौताको नमुनासहित मन्त्रालयमा पेस गरेको सिंहले बताए । चिनी उद्योगलाई दिने सुविधा तथा अन्य प्रक्रिया जलविद्युत आयोजनालाई दिने भन्दा फरक भएकोले करार सम्झौता गरिएको हो । करारमा विजुली उत्पादनको अनुमती, लाइसेन्स दिने प्रक्रियाका शर्तहरु उल्लेख छन् । विभागले सो सम्झौताको नमुनासहित मन्त्रालयका प्रस्ताव पठाएको उपमहानिर्देशक सिंहले जानकारी दिए ।

विभागले ३ ओटा उद्योगको स्थलगत निरिक्षण गरि करार सम्झतौता गरेको हो । विभागले एभरेष्ट सुगर केमिकल, अन्नपूर्ण चिनी मिल र लुम्वीनी चिनी मिलको स्थलगत अध्ययन गरी सम्झौंता गरेको थियो । बाँकी बासुलिंगा सुगर मिल, इन्दु शंकर चिनी उद्योग, महाकाली चिनी मिल र बागमती खाडसारीको भने अध्ययन बाँकी रहेको बताइएको छ । बगासबाट विजुली उत्पादन गरि राष्ट्रिय प्रसारण लाइनमा जोड्न पहिलो चरणमा ७ ओटा उद्योगले आवेदन दिएका थिए । साथै, अन्य इच्छुक उद्योगहरुको स्थलगत निरिक्षण गरी चाँडै नै सम्झौताको प्रक्रिया अघि बढाइने बताइएको छ ।

सरकारले उक्त उद्योगबाट उत्पादित विजुली राष्ट्रिय प्रशारण लाइनमा जोड्न सरकारले माग गरेको आशय पत्रमा व्यवसायीहरुले चासो देखाएका हुन् । विभागले अन्य उद्योगहरुले पेस गरेको आशयपत्रको मूल्यांकन गरिसकेको छ । अव स्थलगत अध्ययन गरी सम्वन्धित चिनी उद्योगसँग विद्युत खरिद को प्रक्रिया अघि बढाइने बताइएको छ ।

सरकारले चिनी उद्योगबाट उत्पादित विजुली खेर गएको भन्दै त्यसको सदुपयोग गर्ने उद्देश्यले राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि प्रक्रिया शुरु गरेको हो । चिनी उद्योगबाट बार्षिक १३ मेगावाट विद्युत खेर जाने गरेको सम्बद्ध व्यवसायीहरु बताउँछन् । उखु क्रसिङका क्रममा सहउत्पादनका रूपमा विभिन्न चिनी मिलबाट विद्युत उत्पादन गर्न सकिन्छ । चिनी मिलले उत्पादन गरेको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा नजोडिँदा सो विद्युत खेर गएको हो ।
विद्युतको मूल्य भने हाल विद्युत् आयोजनालाई दिँदै आएको सूचीकृत दर (पोस्टेड रेट)अनुसार तोकिने सिंहले जानकारी दिए । हाल प्राधिकरणले हिउँद याममा जलविद्युत् आयोजनाबाट प्रतियुनिट ८ रुपैयाँ ४० पैसाका दरले विद्युत् खरिद गर्दै आएको छ ।

मन्त्रिपरिषदले अघिल्लो गत बर्षको जेठमा चिनी उद्योगबाट उत्पादन हुने विद्युत् सहउत्पादनको प्रवद्र्धन गर्ने प्रस्तावलाई स्वीकृति दिएको हो । तर, प्रसारण लाइन, सबस्टेसनलगायत आवश्यक पूर्वाधार तथा प्रणालीको विकास नहुँदा हालसम्म चिनी मिलबाट उत्पादित विजुली खेर गइरहेको छ । चिनी उद्योगले उखु पेलिसकेपछि निस्किने खोस्टाबाट विद्युत् उत्पादन गर्दै आएका छन् ।

यस्ता विजुली उद्योगभित्र केही मात्रामा प्रयोग हुँदै आएको छ । चिनी मिलको उखु पेल्ने सिजन मंसिरदेखि चैत अन्त्यसम्म हो । विद्युत् प्राधिकरणको अध्ययन अनुसार हालको अवस्थामा चिनी उद्योगले १० देखि १३ मेगावाट विद्युत् उत्पादन गर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्