Logo

सवै समुह घट्दा २ प्रतिशतले ओरालो लाग्यो नेप्से,किन घट्यो लगानीकर्ताको मनोवल?

सवै समुह घट्दा २ प्रतिशतले ओरालो लाग्यो नेप्से,किन घट्यो लगानीकर्ताको मनोवल?


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । साताको पहिलो दिन आइतवार नेप्से परिसुचक २ दशमलव ०५ प्रतिशतले ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार ७ सय ३० दशमलव ६४ अंकमा झरेर बन्द भएको हो । कारोवारमा आएका सवै समुह ओरालो लाग्दा समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको हो ।

नेपाल राष्ट्र बैंकले बजारबाट तरलता हराउँदै गएको र ब्याज दर बढ्न थालेको विवरण सार्वजनिक गरेसँगै सेयरबजार ओरालो लागेको नेपाल इनभेष्टर फोरमका अध्यक्ष डा.आत्माराम घिमिरे बताउँछन् । लगानीकर्ताहरु अन्य क्षेत्रतिर ‘डाइभर्ट’ हुन थालेसँगै सेयर बजार खस्किएको हो । उनका अनुसार ठूला लगानीकर्ता अन्य क्षेत्रतिर जानुको मनोबैज्ञानिक असर साना लगानीकर्तामा परेको छ । यसले गर्दा पनि सेयर बजार ओरालो लागेको हो ।

आइतवार बीमा समुहको परिसुचक सवैभन्दा बढी २ सय ४७ दशमलव ७१ अंकले ओरालो लागेको छ । त्यस्तै होटल समुह ६२ दशमलव ४,जलविद्युत ५७ दशमलव १५ र विकास बैंक ५५ दशमलव ५७ अंकले घटेको छ ।

त्यस्तै उत्पादन समुह ३९ दशमलव ९९ र सेयर बजारमा सवैभन्दा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक २८ दशमलव ४९ अंकले ओरालो लागेको छ । आइतवार फाइनान्स र अन्य समुह क्रमशः१४ दशमलव ३९ र १० दशमलव ७ अंकले घटेको छ ।

सेयर बजार ओरालो लागेपनि दुईओटा कम्पनीको कारोवार भने १० करोड भन्दा बढी भएको छ । सो दिन एभरेष्ट बैंक लिमिटेडको ११ करोड ६८ लाख र कृषि विकास बैंकको ११ करोड ४८ लाखको कारोवार भएको छ । सो दिन १ अर्व ५ करोडको कारोवार भएको छ । १ सय ३७ कम्पनीको
११ लाख ५३ हजार कित्ता सेयरबाट सो कारोवार भएको हो ।

प्रतिक्रिया दिनुहोस्