Logo

निगम बोर्डले जहाज खरिदको टुङ्गो लगायो, तीन दिनभित्र टेण्डर आह्वानको तयारी

निगम बोर्डले जहाज खरिदको टुङ्गो लगायो, तीन दिनभित्र टेण्डर आह्वानको तयारी


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । लामो समयदेखि निकै चर्चा पाएको वाईडबडी जहाज खरिदको विषय औपचारीक टुङ्गो लागेको छ । नेपाल वायुसेवा निगमको शनिबार बसेको सञ्चालक समितीको बैठकले दुई ओटा वाईडबडी खरिदका लागि टेण्डर आह्वान गर्ने निर्णय गरेपछि खरिद प्रक्रिया अघि बढेको हो । निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारका अनुसार बैठकले निगमका लागि आवश्यक वाईडबडी खरिद गर्ने निर्णय गरेको हो । निगमले तीन दिन भित्रै योग्य प्रतिस्पर्धीमार्फत जहाज खरिदको लागि टेण्डर माग गर्ने योजना बनाएको छ ।

निगमका अनुसार टेण्टर आह्वान गर्दा नयाँ अथवा बढीमा एक हजार घण्टासम्म उडान भरेको जहाज माग हुनेछ ।
निगमले बढीमा एक बर्षभित्र पहिलो वाइडबडी जहाज नेपाल भित्राउने योजना अनुसार काम गरिरहेको छ । त्यस्तै पहिलो जहाज आएको केहि महिनाभित्रै अर्को जहाज भित्राइसक्ने कंसाकारको भनाइ छ । जहाज भित्रिएसँगै जापान, कोरिया, अष्ट्रेलिया जस्ता देशमा गन्तव्य विस्तार गर्ने निगमले बताएको छ ।

निगमले फ्रान्सेली उत्पादन एयरबसका २५० देखि २८० सिट क्षमताका वाइडबडी खरिद गर्नेछ । जहाज खरिदका लागि आवश्यक २५ अर्ब रुपैयाँको ऋण जमानी बस्न अर्थ मन्त्रालयले सहमती जनाएपछि यो प्रक्रिया अघि बढेको हो । निगमलाई जहाज खरिद गर्न आवश्यक ऋण उपलब्ध गराउन यसअघि कर्मचारी सञ्चय कोषले प्रस्ताव अघि बढाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL