Logo

चेम्वर एक्स्पो २०७३ शुरु, नेपाली तथा विदेशी उत्पादनका २ सय २० स्टल

चेम्वर एक्स्पो २०७३ शुरु, नेपाली तथा विदेशी उत्पादनका २ सय २० स्टल


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । उपराष्ट्रपति नन्दकिशोर पुनले दिगो आर्थिक विकास सहितको आर्थिक समृद्धि एक मात्र लक्ष्य भएको बताए । शुक्रवार नेपाल चेम्वर एक्स्पो २०७३ को उद्दघाटको क्रममा उनले यस्तो बताएका हुन् । ‘देशमा संविधान आएको १ बर्ष भइसकेको अवस्थामा आर्थिक समृद्धिमात्र लक्ष्य हो’ उनले भने, ‘नागरिकले प्रत्यक्ष अनुभव गर्न पाउने गरी समृद्ध राष्ट्रको निर्माणको विकल्प छैन ।’ सो अवसरमा उनले आर्थिक विकासका लागि निजी क्षेत्रको भुमिका प्रशंसनिय रहेको बताए ।

त्यस्तै सरकार र निजी क्षेत्रवीच चेम्वरले पुलको भुमिका निर्वाह गरेको भन्दै धन्यवाद दिए । उपराष्ट्रपति पुनले कृषि,जलविद्युत,जडिवुटीलगायतमा आन्तरिक तथा वाह्य लगानी बढाउनु आवशयक रहेको बताए । साथै त्यसका लागि लगानीको वातावरण तयार गर्न सरकार लागि परेको जानकारी दिए ।

उपराष्ट्रपति पुनले स्वदेशी तथा विदेशी लगानीलाई प्राथमिकतामा राख्न आवश्यक रहेको बताए । ‘अहिले स्वदेशी लगानीलाई प्रोत्सहन गर्ने विदेशीलाई आकर्षित गरेर मात्र व्यापार घाट कम गर्न सकिन्छ’ उनले भने ।

सो अवसरमा बाणिज्य सचिव ङइन्द्र उपाध्यायले मेलाले नेपाली वस्तुको प्रवद्र्धनका साथै विभिन्न राष्ट्रहरुसँगको सम्वन्ध प्रगाढ बनाउने बताए । त्यस्तै नेपालमा लगानी गर्न चाहनेहरुलाई लगानीको वातावरण बनेको बताए ।

कार्यक्रममा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले व्यापारलाई अर्थतन्त्रको मेरुदण्ड बनाएर कतिपय देश अघि बढेको बताए । अन्य राष्ट्रमा नेपाली वस्तुको प्रवद्र्धन आवश्यक रहेको जानकारी दिए । मेलाले अर्थतन्त्रलाई चलायमान बनाउने उनले बताए । मेलामा विभिन्न सामग्रीका २ सय २० स्टल छन् । मेलामा पश्मिना, फर्निचर, कपडा,चिया, हस्तकलालगायत समग्री प्रदर्शनमा राखिएको छ ।

मेलाको २ लाख अवलोकनकर्ताले अवलोकन गर्ने आयोजकको अनुमान छ । मेला आगामी ११ गतेसम्म चल्ने छ । चेम्वर एक्स्पोमा जापान,चीन पाकिस्तान, कोरियालगायतबबाट प्रदशर्नीकर्ताहरु आएका छन् ।

प्रतिक्रिया दिनुहोस्