Logo

टेलिकमको प्रवन्ध निर्देशकमा कामिनी राजभण्डारी

टेलिकमको प्रवन्ध निर्देशकमा कामिनी राजभण्डारी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल टेलिकमको प्रवन्ध निर्देशकमा कामिनी राजभण्डारी नियुक्त भएकी छिन् । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले राजभण्डारीलाई नियुक्तगरेको हो ।

सचार मन्त्रालयका सचिव दिनेश थपलियाको संयोजकत्वमा गठित छनौट समितिले सुनिलकुमार पोखरेल, कामिनी राजभण्डारी र मदन खरेलको नाम सिफरिस गरिएकोमा राजभण्डारी नियुक्त भएकी हुन् ।

जसमध्ये पोखरेल नेपाल टेलिकमकै प्रवन्धक हुन् भने खरेल नेपाल वायु सेवा निगमका पूर्वमहाप्रवन्धक हुन् ।

टेलिकमको प्रवन्ध निर्देशकका लागि शुरुमा १३ जनाले आवेदन दिएकामा उनीहरुमध्येबाट पहिलो चरणमा ६ जनाको नाम छनौट लिष्टमा राखिएको थियो ।

६ जनामा टेलिकमको नायव प्रबन्ध निर्देशक कामिनी राजभण्डारी, मानव संसाधन प्रमुख रवीन्द्र झा, प्रबन्धकहरू वटुकआनन्द वैद्य, सुनीलकुमार पोखरेल , गुणकेशरी प्रधान र यसअघिका प्रवन्ध निर्देशक बुदिप्रसाद आचार्य थिए ।

को हुन कामिनी राजभण्डारी ?

काठमाडौं । नेपाल टेलिकममा प्रवन्ध निर्देशक नियुक्त भएकी कामिनी राजभण्डारी २०१४ देखि टेलिकममा नायव प्रवन्ध निर्देशक पदमा कार्यरत थिइन् । त्यस्तै टेलिकमको चिफ टेक्निकल अफिसरका रुपमा १९८५ देखि रहदै आएकी थिइन् । राजभण्डारीले एशियन इन्ष्टिच्युट अफ टेक्नोलोजीबाट १९९१ मा एमविए र २००१ मा म्यानेजमेन्ट अफ टेक्नोलोजी पास गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्