Logo

नबिल बैंकका सिइओ ढुंगानाको कार्यकाल लम्बियो, थप दुई वर्ष बैंकको नेतृत्वमा रहने

नबिल बैंकका सिइओ ढुंगानाको कार्यकाल लम्बियो, थप दुई वर्ष बैंकको नेतृत्वमा रहने



काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा ज्ञानेन्द्रप्रसाद ढुंगानाको कार्यकाल थप भएको छ । ढुंगानालाई बुधबार बैंकको सञ्चालक समितिको ६५७ औं बैठकले थप दुई वर्षको लागि सिइओमा नियुक्त गरेको हो ।

मिति २०७९/०३/ १७ देखि लागू हुने गरी दुई वर्षका लागि नियुक्त भएका ढुंगानाले अब २०८१/३/१७ देखि लागू हुने गरी थप २ वर्ष नेतृत्व सम्हाल्नेछन । जसअनुसार सिइओ ढुंगानको कार्यकाल २०८३ असार १७ सम्म रहने भएको छ ।

प्रतिक्रिया दिनुहोस्