Logo

हिमालयन डिष्टिलरीका लगानीकर्तालाई झड्का, नाफा ६३.५१ प्रतिशतले घट्दा इपीएसमा उच्च गिरावट

हिमालयन डिष्टिलरीका लगानीकर्तालाई झड्का, नाफा ६३.५१ प्रतिशतले घट्दा इपीएसमा उच्च गिरावट



काठमाण्डौ । हिमालयन डिष्टिलरीको नाफामा उच्च गिरावट आएको छ । कम्पनीले प्रकाशित गरेको चालू आर्थिक वर्ष २०८०।८१ को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको नाफामा ६३.५१ प्रतिशतको गिरावट आएको हो ।

कम्पनीले सो अबधिमा जम्म २१ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जबकि कम्पनीको गत आवको सोही अबधिमा यस्तो नाफा ५७ करोड ६६ लाख रुपैयाँ रहेको थियो । पछिल्लो समय आफ्नो उत्पादनको ब्राण्डिङ तथा विक्री वितरणभन्दा पनि सेयर बजारमा बढी चलखेल गर्दै आएको सो कम्पनीको व्यापारमा उच्च गिरावट आएको देखिन्छ । यस्तै देशमा देखिएको आर्थिक मन्दीको असरका कारण पनि सो कम्पनीको बिक्रीमा कमि आएको छ ।

सो अबधिमा कम्पनीको खुद बिक्री आम्दानी २ अर्ब ४० करोड रुपैयाँबाट घटेर १ अर्ब ४० करोड रुपैयाँमा सीमित भएको छ । यस्तै कम्पनीको रिजर्भको आकार पनि ३७.१० प्रतिशतले घटेर ५२ करोड ८२ लाख रुपैयाँमा सीमित भएको छ ।

यसैगरी सो अबधिसम्म आईपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी २८.७७ रुपैयाँबाट घटेर १०.५० रुपैयाँ कायम भएको छ भने प्रतिसेयर नेटवर्थ पनि १३४.५७ रुपैयाँबाट घटेर ११९.७७ रुपैयाँमा झरेको छ । कम्पनीको कुल चालु सम्पत्ति २ अर्ब ९७ करोड र कुल चालु दायित्व ५१ करोड ७६ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL