Logo

टिआइएको मल्टिस्टोरी पार्किङ १ महिनाभित्र सञ्चालनमा आउँदै

टिआइएको मल्टिस्टोरी पार्किङ १ महिनाभित्र सञ्चालनमा आउँदै


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा निर्माणाधिन मल्टिस्टोरी पार्किङ १ महिनाभित्र सञ्चालनमा आउने भएको छ । हाल पार्किङको निर्माण अन्तिम अवस्थामा पुगेको विमानस्थलका महाप्रवन्धक देवानन्द उपाध्यायले जानकारी दिए । ‘पार्किङ निर्माणका अधिकांश काम सकिएको छ,’ उनले भने ‘अव फाइनल फिनिसिङ दिए पछि पार्किङ सञ्चालन गर्ने तयारीमा निर्माता कम्पनी लागेको छ ।’

विमानस्थलमा पार्किङ गत जनवरी देखि सञ्चालनमा ल्याउने भनिए पनि नाकाबन्दीले सो निर्माण कार्य रोकिएपछि पर सरेको हो ।पार्किङ विमानस्थल छिर्ने गोल्डेन गेटको साइडको खाली ठाँउमा निर्माणाधिन अवस्थामा रहेको छ । विमानस्थलको व्यवस्थापन गर्ने तथा अन्तरराष्ट्रिय स्तरको सेवा दिने उद्देश्यले सुविधासम्पन्न कार पार्किङ बनाउन लागेको बताइएको छ ।

पार्किङमा विमानस्थलको अराइभलबाट सिधै जान मिल्छ । जसले गर्दा विमानस्थलको अगाडी हुने भिडभाड कम गर्नुका साथै व्यवस्थित गर्न सकिने उपाध्यायले बताए । अराइभलवाट यात्रु सिधै लिफ्टमार्फत कार पार्किङमा जान सक्नेछन् । मल्टिस्टोरे पार्किङमा ५ सय ५० ओटा गाडी अट्ने उनले जानकारी दिए ।

टिआइएले रसुवा केडी भेन्चरलाई सो पार्किङ बनाउने जिम्मा दिएको हो । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले सो कम्पनीसँग ३० बर्षका लागि लिजमा दिने सम्झौता गरेको थियो । सम्झौता अनुसार ३० बर्षपछी कम्पनीले सो पार्किङ त्रिभुवन विमानस्थललाई फिर्ता गर्नेछ । तर कम्पनीले सो जग्गा प्रयोग गरेबापत मासिक भाडा र राजस्व भने विमानस्थललाई बुझाउनुपर्ने प्रावधान छ ।

दुई तलाको मल्टि स्टोरी पार्किङमा वरिपरी रेष्टुरेन्ट, पसल तथा स्पा हाउसहरु पनि स्थापना गरिने बताइएको छ । पसलमा नेपाली संस्कृति तथा परम्परा झल्कने सामग्रीहरु समेत उपलब्ध गराइने छ । सो मल्टिस्टोरीमा सञ्चालन गरिने रेष्टुरेन्टहरुले दिने सेवा पनि अन्तरराष्ट्रिय स्तरको हुने महाप्रवन्धक उपाध्यायको दावी छ । त्यस्तै सो पार्किङमा सपिङ सेन्टर पनि स्थापना गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL