Logo

त्रिशुली–गल्छी ७५ मेवा हाइड्रोको जग्गा अधिग्रहण शुरु, लक्ष्मीको नेतृत्वमा ११ बैंकको लगानी

त्रिशुली–गल्छी ७५ मेवा हाइड्रोको जग्गा अधिग्रहण शुरु, लक्ष्मीको नेतृत्वमा ११ बैंकको लगानी


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । नुवाकोट र धादिङको सिमानामा बन्न लागको त्रिशुली–गल्छी जलविद्युत आयोजनाको निर्माण कार्य अघि बढेको छ । हाल सो आयोजना निर्माणका लागि स्थानीय स्तरमा जग्गा अधिग्रहण गर्ने काम शुरु भएको सो आयोजना निर्माता कम्पनी सिद्धकाली पावर लिमिटेडका कार्यकारी अध्यक्ष गुरुप्रसाद न्यौपानेले बताए ।

न्यौपानेका अनुसार हाल आयोजनाको बाँध बस्ने ठाउँको जग्गा अधिग्रहण भइरहेको छ । कम्पनीले सो स्थानमा प्रति रोपनी ८ देखि १० लाख रुपैयाँमा जग्गा खरिद गरिरहेको छ । यसैगरी कम्पनीले आयोजनाको विद्युत खरिद सम्झौता (पीपीए) र वातावरणीय प्रभाप मुल्याङ्कन (ईआईए) गराइसकेको छ ।

हाल उक्त आयोजना निर्माणका लागि सम्बन्धित मन्त्रालयबाट स्वीकृति हुन बाँकी रहको छ । कम्पनीले सो आयोजना निर्माणका लागि स्थानीय स्तरमा नागरिक सुनवाइ लगायतका सम्पूर्ण काम समेत निर्माणकार्य थालनीको अन्तिम अवस्थामा रहेको न्यौपानेले जानकारी दिए । सतप्रतिशत स्वेदेशी लगानीमा निर्माण सम्पन्न गर्ने उद्देश्य अनुरुप अगाडी बढेको उक्त आयोजनाले फाइनान्सियल क्लोजरको लागि समेत टुङ्गो लगाइसकेको छ ।

trishuali_galchi_hydro_1

करिव १४ अर्ब ४० करोड रुपैयाँ लागत अनुमान गरिएको सो परियोजनाको लागि वाणिज्य बैंकहरुले ९ अर्ब ८० करोड रुपैयाँ लगानी गर्ने भएको छ । थप ४ अर्ब ६० करोड रुपैयाँ भने सेयरधनीबाटै संकलन गरिने न्यौपाने बताउँछन् ।

सो आयोजनाको ८ मिलोमिटर सुरुङ खन्नुपर्ने छ । जसमा ३ सय ८० किलोमिटरमात्र फलामे पाइपबाट पानी लगिने छ । वाँधबाट आयोजनाको हेडसम्म सरुङबाटै पानी लगिने भएको छ । कम्पनीले २०१६ भित्र आयोजना निर्माणका लागि पूर्वाधार विकास गर्ने भएको छ । सो आयोजना निर्माणका लागि त्रिशुली नदी तरेर जानुपर्ने भएकाले सोका लागि नदीमा ह्युम पाइप विच्छ्याएर २ वटा क्रसिङ राखिने भएको छ ।

स्थानीयको लागि १० प्रतिशत सेयर

कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनताको लागि १० प्रतिशत अर्थात ४६ करोड रुपैयाँ बरावरको सेयर दिने भएको छ । उक्त सेयर नुवाकोट र धादिङका जनतालाई दिन लागिएको हो । त्यसमध्येमा पनि अति प्रभावित क्षेत्रका जनतालाई ४०  र अन्यलाई ६० प्रतिशत सेयर दिइने भएको छ । आयोजनाको अति प्रभावित क्षेत्रमा नुवाकोटका ५ र धादिङको १ गाउ विकास समिति पर्दछ ।

लक्ष्मीको नेतृत्वमा ११ बैंकको लगानी

सो जलविद्युत आयोजनामा लक्ष्मी बैंकको अगुवाइमा अन्य ११ वाणिज्य वैंकले लगानी गर्ने भएका छन् । जसमा सिद्धार्थ, सिभिल, प्रभु, मेगा, नेपाल एसवीआई, एभरेष्ट, नेपाल बंगलादेश बैंक, राष्ट्रिय वाणिज्य बैंक, ग्लोवल आईएमई र एनआईसी एसिया बैंक रहेका छन् । सो आयोजनामा बैंकहरुले कुल ९ अर्ब ८० करोड लगानी गर्ने छन् । जसमा एउटा बैंकको न्युनतम ५० करोड रुपैयाँ देखि अधिकतम १ अर्ब ७० करोड रुपैयाँसम्म लगानी रहनेछ ।

आयोजना इपीसी मोडलमा बनाइने

कम्पनीले सो जलविद्युत आयोजनलाई इन्जिनियरिङ प्रोक्युरमेन्ट एण्ड कन्ट्रक्सन (इपीसी) मोडलमा बनाउने भएको छ । आयोजनलाई सकभर चाँडै सक्नेगरी उक्त मोडलमा निर्माण गर्न लागिएको छ। जसका लागि केही समयभित्रै ग्लोवल टेण्डर आब्हान गरिने भएको छ । हाल आयोजना निर्माणका लागि भारत तथा चीनका ठेकेदारले चासो देखाएका न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL