Logo

टेलिकममा प्रवन्ध निर्देशक नहुँदा ‘फोरजी’ अन्यौलमा, प्राधिकरण भन्छ, नियुक्तीपछि मात्र लाइसेन्स

टेलिकममा प्रवन्ध निर्देशक नहुँदा ‘फोरजी’ अन्यौलमा, प्राधिकरण भन्छ, नियुक्तीपछि मात्र लाइसेन्स


रामराजा श्रेष्ठ
27
Shares

काठमाडौं । भदौभित्र सञ्चालनमा आउने भनिएको बहुप्रतिक्षित फोर जी सेवा महिना सकिन लाग्दा पनि अझै अन्यौलमै रहेको छ । नयाँ फ्रिक्वेन्सी नीति पास भएर सेवा प्रदायहरु समेत फोर जी सञ्चालनका लागि तयार भएपनि नेपाल दूरसञ्चार प्राधिकरणले हालसम्म सञ्चालनको अनुमती दिएको छैन ।

संचालनका लागि सम्पूर्ण गृहकार्य सकिए पनि नेपाल टेलिकममा प्रवन्ध निर्देशक नियुक्तीमा भएको ढिलाईले गर्दा फोरजी सञ्चालन अन्यौलमा परेको नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्वर झाले बताए । ‘फोर जी संचालनका लागि नेपाल टेलिकम र एनसेलले मात्र आवेदन दिएका छन्,’ उनले भने, ‘दुवै संस्थालाई एकैपटक सञ्चालन अनुमती दिन लागिएकोले ढिलाई भएको हो ।’ टेलिममा नयाँ प्रवन्ध निर्देशक नियुक्ती हुने वित्तिकै संचालन अनुमती दिने उनले जानकारी दिए ।

झाका अनुसार टेलिकममा कामु प्रवन्ध निर्देशकलाई फोरजी सञ्चालनका लागि आवश्यक उपकरण खरीदको अधिकार हुँदैन। त्यसले गर्दा पनि फोर जी सञ्चालनको अनुमती नदिइएको हो । हाल फोरजी सञ्चालनका लागि दुई प्रदायक योग्य देखिएको र दुईमध्ये एउटालाई पहिला दिँदा अर्कोलाई असर पर्ने भएकोले रोकिएको बताइएको छ । यसै साता प्रवन्ध निर्देशक नियुक्ती हुने सम्भावना भएकोले नेपाली उपभोक्ताले केही दिनमै फोरजीसेवा चलाउन पाउने समेत उनको दावी छ ।

दुवै सेवा प्रदायक तयार भएकोले अनुमती दिएको १ महिना भित्रै फोर जी सञ्चालनमा लयाउन सकिने समेत झाले जानकारी दिए । उनका अनुसार अनुमती दिएपछि उपकरण खरीद गरि सञ्चालनमा ल्याउन करिव १ महिना लाग्नेछ ।

फ्रिक्वेन्सी नीति संशोधन भए पश्चात ‘फोरजी’ सम्बन्धी नीतिगत अन्योल हटिसकेकाले दुवै कम्पनीले चाँडै सजिलै अनुमती पाउन लागेको हो । संशोधित नीतिमा सेवाप्रदायकले पहिले पाएको फ्रिक्वेन्सी ब्यान्डमा नै नयाँ प्रविधिको सेवा सुरु गर्न सक्ने व्यवस्था छ ।

संशोधित नीति अनुसार टेलिकम र एनसेलले सो अनुमति पहिले नै पाएर मोबाइल सेवा सञ्चालन गरिरहेको १ हजार ८ सय मेगाहर्ज ब्यान्डमा ‘फोरजी’ सुरु गर्न सक्ने छन् । टेलिकमले यो ब्यान्डमा १५ र एनसेलले ११ मेगाहर्ज अपलिंक एवं डाउनलिंक फ्रिक्वेन्सी पाइसकेका छन् । हाल एनसेलले सो ब्यान्डमा १५ मेगाहर्ज फ्रिक्वेन्सी माग गर्दै आएको छ ।
प्राधिकरणले फोरजी संचालनको अनुमती दिएसँगै सेवाप्रदायक कम्पनीले प्राधिकरणमा सेवा विस्तार सम्बन्धी कार्ययोजना पेस गर्नु पर्नेछ । सो कार्यायोजना पेस भए पश्चात प्राधिकरणले निश्चित अवधि र सर्त तोकी समय प्रदान गर्न सक्छ ।

फोरजी प्रविधिमा उपभोक्ताले उच्च गतिको इन्टरनेट चलाउन सक्नेछन् । त्यस्तै इन्टरनेटमा आधारित टेलिफोन (आईपी टेलिफोन ) सेवा चलाउन सकिन्छ । यसमा गेमिङ उच्च डेफिनेसनको भिडियो सेवा, भिडियो कन्फ्रेरेन्सिङ लगायतका सेवा समेत चलाउन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL