Logo

‘नेपाल पासपोर्ट’ एप ल्याउँदै सरकार, मोवाइलबाटै एमआरपीको फारम भर्न सकिने

‘नेपाल पासपोर्ट’ एप ल्याउँदै सरकार, मोवाइलबाटै एमआरपीको फारम भर्न सकिने


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । सरकारले राहदानी (एमआरपी)को सम्पूर्ण जानकारी एकै ठाउँबाट दिनेगरी मोवाइल एप ल्याउने भएको छ । मोवाइल एप ल्याउने कार्य अन्तिम चरणमा पुगेको राहदानी विभागका महानिर्देशक लोकबहादुर थापाले बताए । ‘उपभोक्तालाई एमआरपी सम्बन्धी जानकारी एकै स्थानबाट दिने उद्देश्य अनुरुप मोवाइल एप ल्याउन लागेका हौं,’ उनले भने, ‘केही समय भित्रै उक्त एप सार्वजनिक गरिने छ ।’

थापाका अनुसार आगामी २ हप्ता भित्रमा उक्त एप सार्वजनिक गरिने भएको छ । एप सार्वजनिक भएपछि सेवाग्राहीहरुले मोवाइबाटै एमआरपीको फारम समेत भर्न सक्नेछन् । अहिले एमआरपी फारम कम्प्युटरबाट भर्नुपर्ने छ ।

एपमार्फत सेवाग्राहीले एमआरपी बनाउनका लागि चाहिने आवश्यक कागजात, बनाउने प्रक्रिया तथा कानुनी सल्लाह समेत पाउनेछन् । उक्त एपमा विभागले अनलाईन फारम भर्नका लागि पनि छुट्टै व्यवस्था गरिदिने भएको छ ।

केही समय अघिदेखि विभागले अनलाईन फारम कार्यान्वयनमा ल्याएको छ । उक्त एप सार्वजनिक भएपछि सेवाग्रहीले सो फारमलाई मोवाइल एपमार्फत सहज रपमा भर्न सक्नेछन् । जसको लागि राहदानी विभागले ल्याएको ‘नेपाल पासपोर्ट’ एपलाई डाउनलोड गर्नुपर्ने हुन्छ । प्लेस्टोरमार्फत उक्त एपलाई सहज रुपमा डाउनलोड गर्न सकिनेछ ।

उक्त एपमार्फत कागजात नपुगेका कारण फिर्ता भएमा, फोटो विग्रीएर एमआरपी नबनेमा उक्त एममार्फत जानकारी लिन सकिने छ । साथै सो संचालनमा आएपछि सेवाग्राहीले साइवर वा अनलाईन फारम भर्ने ठाउँमा गएर पैसा तिरेर फर्म भर्नुपर्ने वाध्यता समेत हट्ने छ ।

प्रतिक्रिया दिनुहोस्