Logo

बैंकको लगानीसँगै जलविद्युत आयोजना दर्ता बढ्यो, २ महिनामै ५ आयोजनामा ४७ अर्ब लगानी

बैंकको लगानीसँगै जलविद्युत आयोजना दर्ता बढ्यो, २ महिनामै ५ आयोजनामा ४७ अर्ब लगानी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । जलविद्युत क्षेत्रमा बैंकहरुले लगानी गर्न थालेसँगै यसतर्फ लगानीकर्ताको आकर्षण बढेको छ । नेपाल राष्ट्र बैंकले आर्थिक बर्ष ७२÷७३ सम्म कूल लगानीको १२ प्रतिशत रकम उर्जा र कृषिमा अनिवार्य गरको थियो । यससँगै जलविद्युतमा लगानी गर्न लगानीकर्ता उत्साहित भएका हुन् ।
उद्योग विभागको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको पहिलो दुई महिनामा ५ वटा जलविद्युत आयोजना दर्ता भएको छ । ती जलविद्युत आयोजनामा ४६ अर्व ८८ करोड रुपैयाँभन्दा बढीको लगानीको प्रस्ताव सहित कम्पनी दर्ता भएका छन् ।

नेपालमा जलविद्युत सम्भाव्य क्षेत्र भएकोले पनि यसमा लगानीकर्ताको आकर्षण बढी रहेको विभागका महानिर्देशक महेश्वर न्यौपानेले बताए । गत आवको तुलनामा चालु आवमा जलविद्युत आयोजना दर्ता बढेको समेत उनले जानकारी दिए ।

न्यैपानेका अनुसार गत आवको सो अवधिमा यस क्षेत्रमा १५ अर्व ३ करोड रुपैयाँ बराबरको लगानी भएको थियो । त्यस्तै अघिल्लो आवमा जम्मा ३८ अर्व ३४ करोड ४८ लाख रुपैयाँ बराबरको मात्र लगानीको प्रस्ताव आएको थियो ।

विभागका अनुसार सो अवधिमा एससी पावर कम्पनी प्राली, हिमस्टार उर्जा कम्पनी प्राली, युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड शाखा उद्योग, युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड मूल उद्योग र रिचेत जलविद्युत कम्पनी प्रालि दर्ता भएका हुन् ।

यी जलद्यिुत आयोजना बनेसँगै ५ सय मेगावाटको विजुली उत्पादन हुनेछ । जसमध्ये एससी पावर कम्पनी प्राली सवैभन्दा बढी विद्युत उत्पादन गर्ने आयोजनाको रुपमा दर्ता भएको छ । विभागमा पेश गरेको विवरण नुसार एससी पावरले ४ सय २० मेवा विजुली उत्पादन गर्ने छ ।

त्यस्तै पर्वतमा निर्माण गरिने गरी दर्ता भएको युनाइटेड मोदी हाइड्रो पावर लिमिटेड शाखा उद्योग र मूल उद्योगबाट गरी २० मेवा विजुली उत्पादन हुने विभागको तथ्यांकमा उल्लेख छ । यी आयोजनाबाट ८२ जनाले रोजगारी पाउने छन् । यी दुई आयोजनाको लागत ३ अर्ब ४ करोड रहेको छ ।

हिमस्टार उर्जा कम्पनी प्रालिले ओखलढुंगामा आयोजना स्थापना गर्ने उद्देश्यका साथ उद्योग दर्ता गरेको छ । ५ मेवाको जलविद्युत उत्पादनको लक्ष्य राखेको हिमस्टारले १७ जनालाई रोजगारी दिने बताएको छ । ८९ करोड ८१ लाख कुल लगानी रहेको सो अयोजनाको लगानीकर्तामा प्रताप गुरुङ छन् । यो शतप्रतिशत स्वदेशी लगानीको आयोजना हो । त्यस्तै गोर्खाको मान्वु र काशिगाउँस्थित रिचेत खोलामा जलविद्युत उत्पादनको उद्देश्यका साथ रिचेत जलविद्युत कम्पनी प्राली दर्ता भएको छ । कम्पनीले ४ दशमलव ९८ मेवा विजुली उत्पादनको लक्ष्य राखेको छ । अर्जुनप्रसाद पौडेलको लगानी रहेको सो आयोजनाले १६ जनालाई रोजगारी दिने छ ।

प्रतिक्रिया दिनुहोस्