Logo

बन्द उद्योग पूनःसञ्चालनको तयारी, लगानी आकर्षित गर्न लगानीकर्ता सम्मेलन गरिदै

बन्द उद्योग पूनःसञ्चालनको तयारी, लगानी आकर्षित गर्न लगानीकर्ता सम्मेलन गरिदै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपालमा आन्तरिक तथा अन्तरराष्ट्रिय लगानीकर्ता शिखर सम्मेलन आयोजना गरिने भएको छ । विदेशी तथा स्वदेशी लगानी आकर्षित गर्ने उद्देश्यका साथ आगामी मंसिरमा आन्तरिक सम्मेलन २०७३ र फाुगनमा अन्तरराष्ट्रिय सम्मेलन आयोजना गरिने उद्योग मन्त्री नवीन्द्रराज जोशीले बताए । आइतवार उद्योग मन्त्रालयमा आयोजीत ‘उद्योग स्रोत सुधार कार्य योजना सार्वजनिक कार्यक्रम’मा उनले यस्तो जानकारी दिएका हुन् ।

सम्मेलनको उद्योग मन्त्रालय अन्तर्गतको औद्योगिक प्रवद्र्धन महाशाखा र उद्योग विभागले आयोजना गर्ने बताइएको छ । यस्तै गुणस्तरीय वस्तुहरुको उत्पादन र उत्पादकत्व अभिबृद्धि गरी अन्तरराष्ट्रिय बजारमा नेपाली वस्तु तथा सेवाहरुको पहुँच र पहिचान बढाउनु अवको आवश्यकता रहेको उनले बताए ।

सो अवसरमा मन्त्री जोशीले सरकारले बन्द भएका सरकारी उद्योगहरु पुनः सञ्चालन गर्न लागेको जानकारी दिए । ‘विगतमा विभिन्न कारणले बन्द भएको उद्योगले पुनर्जीवन पाउने छ’ उनले भने ‘पहिलो चरणमा नेपाल औषधी लिमिटेडलाई सुचारु गर्न तयारी भइसकेको छ ।’

उनका अनुसार पहिलो चरणमा औषधी लिमिटेडसहित वीरगञ्ज चिनी कारखाना, कृषि औजार कारखाना, गोरखकाली रबर उद्योग, नेपाल मेटल कम्पनी, बुटवल धागो उद्योग जस्ता उद्योगहरु पून सञ्चालन गरिनेछ । ‘जेसुकै कारणले बन्द भएपनि त्यहाँ राज्यको ठूलो लगानी छ,’ उनले भने ‘त्यसलाई खेर जान नदिन सार्वजनिक नीजि साझेदारी गरेर भएपनि बन्द उद्योग सुचारु गर्छौ ।’ मन्त्रालयले तयार पारेको ‘उद्योग क्षेत्र सुधार कार्ययोजना’ अनुसार कार्य सम्पन्न गर्ने बताउँदै मन्त्री जोशीले साना उद्योगको संरक्षण र ठूला उद्योगको प्रर्बद्र्धनमा सरकारको जोड रहने बताए ।

उनले आफ्नो कार्यकालमा प्रत्येक जनतामा उद्योगप्रति आकर्षण बढाउने, उद्यमशीलता विकास गर्ने लक्ष्य राखेको बताए ।  त्यस्तै औद्योगिकीकरणबाट मात्रै आर्थिक समृद्धि सम्भव भएको भन्दै मन्त्री जोशीले उद्योग मन्त्रालयलाई ‘अगुवा मन्त्रालय’ बनाउने घोषणा गरे । ‘उद्योग मन्त्रालय अरु मन्त्रालयको पछि लाग्ने होइन की आर्थिक समृद्धिको सन्दर्भमा आफै लिड गर्ने मन्त्रालय बनाउँछु ’, उनले भने ।

उद्योग मन्त्रालयले सार्वजनिक गरेको कार्ययोजना अनुसार ७५ वटै जिल्लामा समुदायमा आधारित उद्योग सञ्चालनका लागि सर्वसाधारणको आशयपत्र मागिने भएको छ । आफूले गर्न चाहेको उद्योगको प्रकृति, स्रोत व्यवस्थापन र त्यसको निरन्तरताका बारेमा मन्त्रालयले आशयपत्र आव्हान गर्ने र आवश्यक सहयोग गर्ने जनाइएको छ ।

सवै जिल्लामा ‘उद्यमी मोटिभेटर’ खटाइने भएको छ । उद्यमशीलताका बारेमा जिल्ला तहमै अभियान सञ्चालन गर्न तथा औद्योगिक विकासमा मन्त्रालयलाई सहयोग पु¥याउन सबै जिल्लामा ‘उद्यमी मोटिभेटर’ का रुपमा प्रेरक व्यक्तिलाई खटाइने मन्त्रालयले जनाएको छ ।

कार्ययोजनामा नीतिगत तथा कानुनी सुधार ,संरचना तथा प्रक्रियागत सुधार, लघु,घरेलु तथा साना उद्योग विकास प्रबद्र्धन तथा औद्योगिक क्षेत्र तथा विशेष आर्थिक क्षेत्र स्थापना तथा विस्तार गरी ४ तहको सुधार योजना उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्