Logo

विदेशी लगानीकर्तालाई अनलाइनबाट जानकारी, विदेशमै बसेर नेपालमा लगानी

विदेशी लगानीकर्तालाई अनलाइनबाट जानकारी, विदेशमै बसेर नेपालमा लगानी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अव विदेशी लगानीकर्ताले नेपालमा लगानी गर्दा पाएको सास्ती हट्ने भएको छ । उद्योग विभागले अनलाइन सञ्चालनमा ल्याउन लागेसंगै यस्तो समस्या हट्ने भएको हो ।

उद्योग विभागका महानिर्देशक महेश्वर न्यौपानेका अनुसार अनलाइनबाट लगानीका सम्भावित क्षेत्र तथा भिसा आवेदन, श्रम कानुनलगायत प्रक्रियाका बारेमा जानकारीहरु उपलब्ध गराइने छ ।

उनका अनुसार विशेषगरी आफ्नै देशमा बसेर नेपालमा लगानी गर्न चाहनेहरुका लागि लक्षित गर्दै अनलाइन सञ्चालन गर्न लागिएको हो । ‘कतिपय लगानीकर्ताहरु सम्बन्धित देशमै बसेर नेपालको वारेमा जानकारी लिन चाहन्छन्,’ उनले भने, ‘आगामी दिनमा त्यस्ता लगानीकर्ताले अनलाईनबाटै जानकारी पाउने छन् ।’

त्यस्तै नेपाल आएर लगानी गर्न चाहने लगानीकर्ताले पनि पहिलै अनलाइनबाट प्रक्रिया बुझेर समय काम गर्न सक्छन् । लगानीको प्रक्रिया र समय घटाएर काम गर्न सकिन्छ ।

यसैवीच विभागले विदेशी लगानीकर्तालाई लक्षित गरी सञ्चालनका ल्याउन लागिएको सहजीकरण केन्द्रको सञ्चालनको प्रक्रिया शुरु गरेको छ । हाल केन्द्र सञ्चालनका लागि आवश्यक कानुनी आधार निर्माणको प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए । जसका लागि चालु आवभित्र केन्द्र सञ्चालन गर्ने गरी प्रक्रिया अघि बढेको छ । आगामी पुससम्म कार्यविधि बनाएर केन्द्र सञ्चालन गर्ने योजना रहेको समेत उनले जानकारी दिए ।

सो केन्द्र सञ्चालनमा आएसँगै विदेशी लगानीकर्ताले सवै निकायको सेवा एकै ठाउँबाट लिन सक्नेछन् । हाल लगानीकर्ताले उद्योग दर्ताका विभिन्न प्रक्रिया फरकफरक ठाउँबाट गर्नुपर्ने अवस्था छ । केन्द्रमा अध्यागमन विभाग, राजस्व विभाग, नेपाल राष्ट्र बैंकलगायतको कक्ष रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्