Logo

ह्याकरको निसानामा बैङ्क, विश्वव्यापी बैंङ्किङ प्रणालीनै जोखिममा

ह्याकरको निसानामा बैङ्क, विश्वव्यापी बैंङ्किङ प्रणालीनै जोखिममा


बिजखबर संवाददाता
0
Shares

विश्वभरका बैङ्कमा ‘म्यासेजिङ नेटवर्क’ सञ्चालन गरिरहेको स्विफ्टले हालै आफ्ना सदस्य बैङ्कहरुलाई लक्षित गरेको नयाँ ह्याकिङका बारेमा जानकारी दिदैं यसबाट सुरक्षित रहनआग्रह गर्याे । तर उसले यसबाट प्रभावित बैङ्कको नाम पनि खुलाएन ।

बङ्गलादेश, भियतनाम, फिलिपिन्स र इक्वेडरका बैङ्कका सुरक्षा संयन्त्रमा भएको आक्रमण पछि स्विफ्टले यस्तो जानकारी सहितको आग्रह बाहिर ल्याएको हो । तथ्य के छ भने बङ्गलादेशको केन्द्रिय बैङ्कमा १० करोड १० लाख डलर र इक्वेडरको बैङ्क ‘बान्को डेल अस्ट्रो’बाट एक करोड २० लाख डलर लुटिएको थियो ।

यो घटना लगत्तै स्विफ्टले आफ्ना सदस्य बैङ्कलाई यस किसिमको नियमित आक्रमणबाट सुरक्षित रहन सचेत गराएको थियो । ‘गलत किसिमका सन्देशको प्रयोग गरेर आक्रमणकर्ताले यस किसिमको जोखिम निम्त्याएको पत्ता लागेको छ’ आफ्ना सदस्यलाई स्विफट्ले दिएको सन्देशमा उल्लेख गरेको छ । तर अहिले सम्मकति आक्रमण भएभन्ने विषयभने बाहिर आएको छैन । तर कम्पनीले आफ्नो नेटवर्क र म्यासेजिङ सेवामा पनि आक्रमणकर्ताबाट समस्यान आएको दाबी गरेको छ ।

अधिकांश बैङ्कमा गरिएका आक्रमणका शैलीभने करिब समान पाइएको कम्पनीले जनाएको छ । आक्रमणकर्ताले मालवेयरको प्रयोग गरेर स्थानीय सुरक्षा प्रणालीमा प्रवेश गर्ने, स्विफ्टको म्यासेजिङ प्रणालीमा पहुँच पुर्याउने र खाताबाट रकम ट्रान्सफर गर्न स्विफ्ट मार्फत नै गलत सन्देश पठाउने शैलीमा ह्याकरले काम गरेको भेटिएको कम्पनीको ठहर छ । यो प्रणाली आक्रमणको सबैभन्दा गम्भिर तरिका रहेको बताइएको छ ।

आक्रमणको यो शैलीबाट समुद्रपारका देशमा समेत रकम पठाउन ह्याकर सक्षम देखिएका छन् । स्विफ्टले पछिल्लो यसको मुल्याङ्कनका लागि ग्राहकसँग सम्बन्धित बैङ्कलाई थप सुरक्षित बनाउने, धेरै भन्दा धेरै सुचना प्रवाहगर्ने तथा सुरक्षा परिक्षणलाई सहयोग गर्ने र स्थानीय बैङ्कको कम्प्युटर प्रणालीलाई कडा किसिमको व्यवस्था लागु गर्ने तर्फ अघि बढेको बताएको छ ।

साइबर सुरक्षा अनुसन्धानकर्ताले ह्याकिङ समुह ‘लजारस’लाई यो घटनामा संलग्न रहेको आरोप लगाएको छ । यसअघि अमेरिकाले भने यो घटनामा उत्तर अमेरिकीको हात रहेको हुन सक्ने शङ्का व्यक्त गरेको थियो ।

(सीएनएन मनीबाट साभार)

प्रतिक्रिया दिनुहोस्
MBL