Logo

सम्पत्ति शुद्धिकरण विभाग र धितोपत्र बोर्डबीच छलफल, १० लाखभन्दा कमको कारोवारलाई शंकास्पदमा राखिँदै

सम्पत्ति शुद्धिकरण विभाग र धितोपत्र बोर्डबीच छलफल, १० लाखभन्दा कमको कारोवारलाई शंकास्पदमा राखिँदै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बजारमा सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी भित्रन नदिने विषयमा नेपाल धितोपत्र बोर्ड र सम्पति शुद्धिकरण अनुसन्धान विभागबीच अभिमुखिकरण कार्यक्रम भएको छ । केही समय यता सेयर बजारमा स्रोत नखुलेको पैसा (कालोधनं भित्रिएको भन्ने आशंका भएपछि सो विषयमा अभिमुखिकरण कार्यक्रम भएको हो ।

कार्यक्रममा बजारमा कालोधन प्रवेश रोक लगाउन १० लाख रुपैयाँभन्दा कमको पटक–पटक कारोवार भएका त्यस्ता कारोवारलाई शंकास्पद रुपमा लिइनुपर्ने बताइएको छ । साथै सेयर कजारमा कालोधन प्रवेश भएको भन्नेमा लगानीकर्ता विश्वस्त नभएको हुंदा सो सम्बन्धमा यर्थार्थ छानवीन हुनु पर्ने, कुनै पनि कारोवार गर्दा यथार्थ मूल्यमा गर्नुपर्ने, सूचक संस्थाहरुले ग्राहकको विवरण लिदा जोखिमयुक्त देखिएमा ग्राहकको ग्राहक समेत पहिचान गर्न प्रयास गर्नुपर्ने तथा जिम्मेवारी पूरा नगर्दा हुन सक्ने दण्ड जरिवानाजस्ता विषय वस्तुमा समेत समेत छलफल भएको थियो ।

कार्यक्रम धितोपत्र बजारलाई प्रयोग गरी सम्पत्ति शुद्धिकरण हुन नदिन सूचक संस्थाहरुले सत्य तथ्य सूचना तथा विवरण उपलब्ध गराउनका लागि ग्राहकसँग आवश्यक विवरण संकलन गर्ने, ग्राहकहरुलाई जोखिमका आधारमा वर्गीकरण गर्ने तथा शंकास्पद कारोवारको रिपोर्ट तथा अन्य नियमित रिपोर्ट गर्ने लगायतका जिम्मेवारी वहन गर्न विश्वसनीय प्रणालीको निर्माण गर्ने सम्बन्धमा केन्द्रित रहेको थियो । साथै, गैर कानुनी सम्पत्तिको स्रोत, गैर कानुनी सम्पत्ति शुद्धिकरण हुन सक्ने माध्यम, सम्पत्ति शुद्धिकरण सम्बन्धी विद्यमान तथा प्रस्तावित कानुनी व्यबस्था, जोखिम प्रोफाइल तयार गर्ने लगायतका विषयमा समेत छलफल भएको थियो ।

कार्यक्रममा बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले बजारको स्वच्छता, दिगो एवं विश्वसनीय विकासका लागि पँुजी बजारको माध्यमबाट गैरकानुनी धनलाई शुद्धिकरण हुन नदिन सम्पूर्ण सरोकारवालाहरु गम्भिर हुनुपर्ने बताए । साथै सो कार्यका लािग सरोकारवालाहरुबीच एकआपसमा सहकाय जरुरी रहेको समेत उनको भनाइ थियो ।

नेपाल अन्नाको सदस्य तथा आइओस्कोको एशिसिएट सदस्य भएकाले नेपाली पूँजी बजारको पहुँच विश्वबजारमा समेत पुग्न सक्ने भन्दै बजार अझ पारदर्शी हुन जरुरी रहेको बोर्डका निर्देशक डा. नवराज अधिकारीले बताए । साथै पूँजी बजार सम्बद्ध सबै पक्षले समयमै सम्पत्ति शुद्धिकरण तथा आतकंकारी कृयाकलापमा वित्तीय लगानी निवारणका लागि आवश्यक नीति एवं प्रणालीको विकास गर्नुपर्ने उनको धारणा थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL