Logo

२० गतेबाट टेलिकममा प्रवन्ध निर्देशक खाली, निमित्तको जिम्मा पोखरेललाई

२० गतेबाट टेलिकममा प्रवन्ध निर्देशक खाली, निमित्तको जिम्मा पोखरेललाई


बिजखबर संवाददाता
0
Shares

काडमाठौं । यही भदौं २० गतेबाट नेपाल टेलिकमको प्रवन्ध निर्देशक खाली हुने भएको छ । हालका प्रवन्ध निर्देशक बुद्धिप्रसाद आचार्यको १९ गते कार्यकाल सकिने भएपनि छनौट समितिले नयाँ नियुक्ती नगरेपछि खाली हुने भएको हो ।

नयाँ प्रवन्ध निर्देशक नियुक्तीका लागि टेलिकम संचालक समितिले डेढ महिना अघि आवेदन माग गरेको थियो । तर, सो अवधिसम्म पनि पदपूर्ति समितिले सर्टलिष्ट निकाल्न नसकेपछि सो पद नै खाली हुने भएको छ । साथै भदौं २० गतेबाट निमित्त प्रवन्ध निर्देशक नियुक्ती गरि काम चलाईने सुचना तथा संचार मन्त्रालयका सचिव तथा टेलिकम संचालक समितिका अध्यक्ष दिनेशकुमार थपलियाले जानकारी दिए ।

प्रवन्ध निर्देशकको लागि १३ जनाले आवेदन दिएका थिए । जसमध्ये ६ जना योग्य उम्मेदवारको नाम सर्ट लिष्ट गर्नुपर्ने हुन्छ । सर्ट लिष्टको सुचना निकालेको समयबाट अन्तरवार्ताको लागि कम्तीमा १ हप्ता समय दिनुपर्ने भएकाले तत्कालका लागि नयाँ नियुक्ती असम्भव भएको थपलिया बताउँछन् । साथै, हालसम्म सर्ट लिष्टङ नै नभएको र त्यसका लागि समेत समय लाग्ने उनले जानकारी दिए ।

नियमावली अनुसार हालका निर्देशकमध्ये सिनियरलाई निमित्तको जिम्मेवारी दिइने भएको छ । जस अनुसार सुर्यभक्त पोखरेललाई निमित्त प्रवन्ध निर्देशकको जिम्मेवारी दिन लागिएको थपलियाले जानकारी दिए । ‘नियम अनुसार नयाँ नियुक्ती नुहुन्जे सिनियरलाई निमित्तको जिम्मेवारी दिइनेछ,’ उनले भने, ‘हालका निर्देशकहरुमध्ये पोखरेल सिनियर र प्रवन्ध निर्देशकको उम्मेदवार पनि नभएकाले उनैलाई नियुक्ती गरिने छ ।’

सो पदमा टेलिकमका वहालवाला प्रवन्ध निर्देशक आचार्य सहित १३ जनाले आवेदन दिएका थिए । उनीहरुको तत्काल सर्ट लिष्ट निकालेर भदौं २० गतेभित्रै नयाँ नियुक्ती गर्ने भनिएपनि हालसम्म कुनै प्रक्रिया अघि बढ्न सकेको छैन । साथै टेलिकममा तत्काल नयाँ प्रबन्ध निर्देशक नियुक्ती गर्ने सोच नभएको समेत छनौंट समितिका एक सदस्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्