Logo

नीतिगत अस्पष्टताले मोटर एसेम्बल प्लाण्ट अन्यौलमा, पूर्वाधार तयार भयो तर बनेन मोटरसाइकल

नीतिगत अस्पष्टताले मोटर एसेम्बल प्लाण्ट अन्यौलमा, पूर्वाधार तयार भयो तर बनेन मोटरसाइकल


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । उद्योगीहरुले नेपालमै सवारीसाधनको ‘एसेम्बल प्लाण्ट’ स्थापना गर्ने तयारी गरेपनि नीतिगत अस्पटताका कारण अन्यौलमा परेको छ । नेपालमै सवारीसाधन स्थापना गर्ने उद्देश्य अनुरुप एसेम्बल प्लाण्ट (गाडी बनाउने कम्पनी) स्थापनाको तयारी गरेपनि नीतिगत अस्पटताका कारण कार्यान्वयनमा ल्याउन नसकिएको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा गोल्छा अर्गनाइजेशनका निर्देशक शेखर गोल्छाले बिजखबरलाई बताए ।

गोल्छा अर्गनाइजेशनले १ वर्ष अघि नेपालमै बजाज मोटरसाइकलको एसेम्बल प्लाण्ट स्थापना गर्ने घोषणा गरेको थियो । तर त्यसका लागि आवश्यक पूर्वाधार तयार भइसक्दा पनि सरकारले नीतिगत अस्पष्टतालाई टुङ्गो लगाउन नसक्दा कार्यान्वयनमा ल्याउन नसकिएको उनको भनाइ छ । ‘सरकारले २ पाङ्ग्रे सवारीसाधन एसेम्वल गर्ने उद्योगहरुलाई ५० प्रतिशत अन्तशुल्क छुट दिने निर्णय गरेको थियो,’ उनले भने, ‘तर, त्यो छुट कसरी दिने भन्ने विषयमा सरकारले अझै टुङ्गो लगाउन सकेको छैन ।’ साथै कुन खालको एसेम्वल प्लाण्ट स्थापना गर्ने उद्योगलाई कस्तो र कति छुट दिने भन्ने विषयमा पनि अन्यौलता रहेको उनको भनाइ छ ।

motorcycle

गोल्छा अर्गनाइजेशनले बजाज मोटरसाइकलको एसेम्बल प्लाण्ट स्थापनाको लागि सम्पूर्ण तयारी गरिसकेको छ । ‘कम्पनीले नेपालमै मोटरसाइकल निर्माणको लागि आवश्यक पूर्वाधार समेत तयार गरिसकेको छ,’ गोल्छाले भने, ‘सवै काम सकिँदा पनि नीतिगत अस्पष्टता भएका कारण उत्पादन गर्न सकेका छैनौं ।’

यसैगरी नेपालका लागि किया मोटर्शको आधिकारीक विक्रेता कन्टिनेण्टल एसोसियट्स प्रालिका अध्यक्ष सुहिृद घिमिरेल पनि नीतिगत अस्पटताकै कारण अफुहरुले नेपालमा एसेम्बल प्लाण्ट संचालनमा ल्याउन नसकिएको बताए । ‘कन्टिनेण्टल एसोसियट्सले १ वर्षभित्रै नेपालमा किया मोटर उत्पादन गर्ने गरी काम शुरु गरेको थियो,’ उनले भने, ‘तर, एसेम्बल उद्योग स्थापनाका लागि कस्तो खालका छुट दिने तथा उत्पादन पश्चात के गर्ने भन्ने विषयमा निक्र्यौल गर्न सकेको छैन ।’

घिमिरेका अनुसार हाल कोरिया स्थित कियाले नेपालमा एसेम्वल प्लाण्ट स्थापनाका लागि नीतिगत विषयमा जानकारी मागिरहेको छ । तर, नेपाल सरकारको नीति नै अस्पष्ट भएकाले कम्पनीलाई जानकारी गराउन नसकिएको उनको तर्क छ । झण्डै १ वर्ष अधि किया मोटरको प्रमुख युन नेपाल आएका थिए । त्यतिवेला युनले नेपालमै कियाको एसेम्बल प्लाण्ट स्थापना गर्ने भन्दै तत्कालिन अर्थ मन्त्री डा. रामशरण महतलाई भेटेर जानकारी गराएका थिए । तर, सम्बन्धित नियकाले टुङ्गो नलगाउँदा अझै अन्यौलमा रहेको छ ।

कियाले एसेम्बल प्लाण्ट स्थापनाको लागि सिमारामा ५ विगाहा जग्गा र १ लाख २५ हजार स्वायर क्षेत्रफलमा प्लाण्ट स्थापनाको लागि तयारी गरेको थियो । कम्पनीले त्यस स्थानमा ३ वर्षदेखि जग्गा होल्ड गरेर राखेको छ । तर, सरकारले समयमै निर्णय नगर्दा जग्गा नै बेच्नपर्ने अवस्था सिर्जन भएको घिमेरे बताउँछन् । गाडी एसेम्बलका लागि ३ तरिकाबाट प्लाण्ट स्थापना गर्न सकिन्छ । तर, सरकारले कस्तो खालको एसेम्बल प्लाण्टलाई कति छुट दिने भन्ने कुरा नै उल्लेख नभएको उनको गुनासो छ ।

यता नियमनकारी निकाय भन्सार निकायले भने गाडीको एसेम्बल प्लाण्ट स्थापनाको लागि केही समस्या भएपनि तत्काल मिलाउन सकिने बताएको छ । हाल एसकेडी (इञ्जिनको ढिका ल्याएर जडान गर्ने) र सिकेडी (साना–साना पार्टपूर्जा ल्याएर बनाउने) को विषयमा केही अन्यौलता भएपनि यस विषयमा मिलाउन सकिने भन्सार विभागका महानिर्देशक सिशिरकुमार ढुङ्गानाले बताए । तर, गाडी उपात्दानका लागि आवश्यक सामाग्रीमध्ये केहीको भन्सार कोडिङमा समस्या रहेको र त्यसलाई पनि तत्काल सुधार गर्न सकिने उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्