Logo

सिभिल र आईएलएफसीको मर्जर सम्बन्धी प्रस्ताव पारित, कात्तिकबाट एकिकृत कारोवार

सिभिल र आईएलएफसीको मर्जर सम्बन्धी प्रस्ताव पारित, कात्तिकबाट एकिकृत कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिभिल बैंक र इन्टरनेशनल लिजिंग एण्ड फाइनान्सको विशेष साधारण सभाले मर्जर सम्बन्धी प्रस्तावलाई पारित गरेका छन् । यी दिुई संस्थाको आज भएको विशेष साधारण सभाले २ संस्था एक आपसमा मर्जर गर्ने प्रस्तावलाई पारित गरेका हुन् । उक्त प्रस्ताव पारितसँगै यी दुई संस्थाबीचको मर्जर पक्का भएको छ ।

यी दुई संस्था मर्ज हुँदा सेयर स्वाप रेसियो १०० बरावर ८३ हुने छ । जसअनुसार सिभिलको १ सय कित्ता वरावर आईएलएफसीको लगानीकर्ताले ८३ कित्ता पाउने छन् । हाल सिभिल बैंकको चुक्ता पूँजी ३ अर्ब ८ करोड रुपैंया रहेको छ भने आईएलएफसीको २ अर्ब ८८ लाख रुपैंया रहेको छ । मर्जसँगै बैंको चुक्ता पूँजी ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढी हुने छ ।

दुबै संस्थाको विशेष साधारणसभाले मर्जर सम्बन्धी प्रस्ताव पास गरी अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंक पठाउने तयारी गरिएको आईएलएफसीका नायव महाप्रवन्धक प्रताबजंग पाण्डेले बताए । साथै कात्तिक १ गतेदेखि एकिकृत करोवार शुरु गर्ने गरी प्रक्रिया अघि बढाइएको समेत उनले जानकारी दिए ।

केही समय अघि मर्जर सम्बन्धी समझदारी पत्रमा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ र आईएलएफसीका अध्यक्ष अञ्जयबहादुर शाहले हस्ताक्षर गरेका थिए । मर्जर पछि बन्ने नयाँ संस्थाको नाम सिभिल बैंक रहनेछ ।

प्रतिक्रिया दिनुहोस्