Logo

सामान्य लयमा फर्किएको नेप्से पून ओरालो लाग्यो , ६८ करोडमा खुम्चियो कारोवार

सामान्य लयमा फर्किएको नेप्से पून ओरालो लाग्यो , ६८ करोडमा खुम्चियो कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अघिल्लो साता ४० अंकले ओरालो लागेको नेप्से परिसुचक यस सातापनि घटेको छ । पछिल्लो २ दिन सामान्य लयमा फर्किएको सेयर बजार पून ओरालो लागेको हो । लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेकोले कारोवार रकम पनि घटेको सरोकारवालाहरु बताउँछन् ।

नियामक निकायले कुनै पनि वेला ‘एक्सन’ लिन सक्ने भएकोले सेयर बजार ओरालो लागेको उनीहरुको भनाई छ । त्यस्तै यसले गर्दा लगानीकर्ताको मनोवल समेत घटेको बताइएको छ ।

आइतवार नेप्से परिसुचक १२ दशमलव ६३ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार ७ सय २२ दशमलव ४३ अंकमा झरेको छ । सो दिन बीमा ८१ दशमलव २९ अंकले घटेको छ । त्यस्तै जलविद्युत ३८ दशमलव ८१,उत्पादन ३२ दशमलव ६,विकास बैंक १३ दशमलव ८२ अंकले ओरालो लागेको छ ।

त्यस्तै सेयर बजारमा सवैभन्दा बैंकिङ समुह १० दशमलव ४१ र अन्य समुहको परिसुचक ४ दशमलव ३४ अंकले घटेको छ । यता होटल समुहको परिसुचक भने ६४ दशमलव ६३ अंक्ले उकालो लागेको छ ।

आइतवार १ सय ४२ कम्पनी कारोवारमा आएका थिए । ती कम्पनीको १० लाख ३१ हजार कित्ता सेयरबाट ६८ करोड ७७ लाखको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्