Logo

शुक्रवार साविकभन्दा बढी पेट्रोल दिएपछि पम्पमा लाईन घट्यो, ‘निगम भन्छ आपूर्तीमा कुनै समस्या छैन’

शुक्रवार साविकभन्दा बढी पेट्रोल दिएपछि पम्पमा लाईन घट्यो, ‘निगम भन्छ आपूर्तीमा कुनै समस्या छैन’


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । उपत्यका भित्रका पेट्रोल पम्पमा एक्कासी बढेको सवारीको लाईन शनिवार केहि घटेको छ । बिहीवार र शुक्रवार उपत्यकाका थुप्रै पप्ममा पेट्रोल पाइएको थिएन भने पेट्रोल विक्री गर्ने पम्पमा सवारीको बाक्लो लाईन थियो ।
शुक्रवार निगमले ५ सय किलोलिटर पेट्रोल बजारमा पठाएपछि पेट्रोल पम्पमा लाईन घटेको देखिएको छ । यद्यपी, थुप्रै पेट्रोल पम्पमा ‘पेट्रोल नभएको’ सूचना टासिएको छ । शुक्रवार साविकभन्दा २ सय किलोलिटर पेट्रोल वितरण गरेका कारण लाईन अहिले बजारमा अभाव नभएको निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्काले दाबी गरे ।

petrol
लगातार तीन दिनको सार्वजनिक विदाका कारण बजारमा पेट्रोलियम पदार्थको अभाव देखिएको छ । गत बिहीवार सार्वजनिक विदाका कारण आयल निगमले थानकोट डिपोबाट पेट्रोलियम पदार्थको आपूर्ती नगराउँदा बजारमा अभाव देखिएको हो । यद्यपी, शुक्रवार साविक भन्दा बढी पेट्रोल विक्री गरेका कारण बजारमा अभाव नदेखिने उनको भनाई छ ।
आज शनिवार पनि निगमले थानकोट डिपोबाट पप्महरुलाई पेट्रोल दिएको छैन । आईतवार पुनः लाईन बड्न सक्ने व्यवसायीहरु बताउँछन् ।
विदाका कारण बजारमा पेट्रोलको सहज उपलब्धता हुन नसकेको भएपनि आयात तथा विक्री वितरणमा कुनै समस्या नरहेको निगमको दाबी छ । भारतबाट सहजरुपमा आवश्यकमात्रामा पेट्रोल आईरहेको उनको दाबी छ ।
निगमले पेट्रोलियम पदार्थ उपलब्ध नगराएपछि बिहीवार राजधानीका थुप्रै पेट्रोल पम्प बन्द थिए । नेपाल प्रहरी र नेपाली सेनाका साथै केही पेट्रोल पम्पले मात्रै पेट्रोल विक्री गरेका थिए । पेट्रोलको अभाव देखिएपछि बिहीवार र शुक्रवार राजधानीका पम्पहरुमा तेलका लागि लाईन बस्नेको घुइचो थियो ।
हाल काठमाडौं उपत्यकाका लागि निगमको थानकोट डिपोबाट दैनिक ३ लाख लिटर पेट्रोल र ४ लाख लिटर डिजेल उपलब्ध गराउने गरेको छ । यद्यपी, अहिले पेट्रोलको माग साविकको तुलनामा उच्च रहेको खड्काले बताए । ‘अहिले उपत्यकामा पेट्रोलको खपत उच्चदरमा बढेको देखिएको छ’ उनले भने, ‘पहिला पहिला दैनिक ३ सय किलोलिटर भए पुग्थयो तर अहिले दैनिक ४ सय किलोलिटरसम्म खपत हुन थालेको छ ।’

प्रतिक्रिया दिनुहोस्