Logo

सरकारले ६ महिनामा थप्यो १ खर्ब ६२ अर्ब ऋण, प्रत्येक नेपालीको टाउकोमा ८१ हजार बढी

सरकारले ६ महिनामा थप्यो १ खर्ब ६२ अर्ब ऋण, प्रत्येक नेपालीको टाउकोमा ८१ हजार बढी



काठमाडौं । सरकारले चालु आर्थिक बर्षको पछिल्लो ६ महिनामा मात्रै १ खर्ब ६२ अर्ब रुपैयाँ बढी ऋण उठाएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार गएको साउनदेखि पुस मसान्तसम्म आन्तरिक र वाह्य गरी १ खर्ब ६२ अर्ब ५८ करोड रुपैयाँ ऋण उठाएको हो । यस अवधिमा सरकारले ९३ अर्ब ५६ करोड रुपैयाँ आन्तरिक र २३ अर्ब १ करोड रुपैयाँ बाह्य ऋण उठाएको हो ।

यसरी पछिल्लो ६ महिनामा मात्रै साढे १ खर्ब बढी ऋण उठाउँदा सरकारले हालसम्म तिर्न बाँकी ऋण मात्रै २३ खर्ब ८४ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ । यसमा बाह्य ऋण ११ अर्ब ८६ करोड र आन्तरिक ऋण ११ अर्ब ९८ करोड रुपैयाँ छ ।

यसरी हालसम्म सरकारले बुझाउन बाँकी ऋणलाई नेपालको जनसंख्यासँग भाग गर्दा एउटा नेपाली नागरिकका जिम्मामा ८१ हजार बढी रुपैयाँ पर्न आउँछ । नेपालको जनसंख्या १ करोड ९१ लाख बढी छ ।

प्रतिक्रिया दिनुहोस्