Logo

नगद लाभांस र आइपीओमा नपरेको पैसा अनिवार्य बैंक खातामा, यस्तो छ राष्ट्र बैंकको निर्देशन

नगद लाभांस र आइपीओमा नपरेको पैसा अनिवार्य बैंक खातामा, यस्तो छ राष्ट्र बैंकको निर्देशन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने नगद लाभांस अनिवार्य रुपमा सम्बन्धित व्यक्तिको खातामा जम्मा गरिदिन निर्देशन दिएको छ । यस अघि सम्बन्धित संस्थामै बोलाएर भुक्तानी दिँदै आएकोमा आगामी दिनमा अनिवार्य रुपमा सम्बन्धित व्यक्तिको खातामा जम्मा गरिदिन दिर्नेशन दिएको छ । राष्ट्र बैंकले क, ख र ग बर्गका बैंक वित्तीय संस्थालाई यस्तो निर्देशन दिएको हो ।

यसैगरी आइपीओ तथा एफपीओ भन्दा नपरेको पैसा समेत अनिवार्य रुपमा सम्बन्धित व्यक्तिको खातामै जम्मा गरिदिन निर्देशन दिएको छ । यस अघि ५ लाख रुपैयाँभन्दा बढीको भुक्तानी बैंक खाता र सोभन्दा कमको रकम नगद वा बैंक खातामा जम्मा गर्दै आएकोमा आगामी दिनमा अनिवार्य रुपमा खातामा जम्मा गर्नु पर्ने व्यवस्था गरिएको राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले बताए । साथै, लगानीकर्ताले एफपीओ तथा आइपीओ भर्दा जुन खाता प्रयोग गरेका छन् सोही खातामा रकम जम्मा गरिदिनुपर्ने राष्ट्र बैंकको भनाइ छ ।

राष्ट्र बैंकको निर्देशनसँगै नगद लाभांस लिन सम्बन्धित संस्थामै जानुपर्ने वाध्यता हटेको सेयर विश्लेषक रविन्द्र भट्टराई बताउँछन् । ‘यस अघि मोफसलका लगानीकर्ता १० रुपैयाँ नगद लाभांस लिन पनि राजधानी धाउनु पर्ने बाध्यता थियो,’ उनले भने, ‘यो निर्देशनसँगै आफ्नो गाउँ नजिकै बैंक खातामा लाभांस बुझ्न पाउने भए ।’ साथै नगद लाभांस खातामा जम्मा गरिदिन बैंकहरुले आफुखुशी नियम बनाउन सक्ने भन्दै सेयर धनीको जुन बैकमा खाता छ सोही खातामा नगद लाभास जम्मा गरिदिनुपर्ने समेत उनले बताए ।

हाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक वित्तीय संस्थालाई मात्र यो व्यवस्था अनिवार्य गरेको र आगामी दिनमा लघुवित्तलाई पनि यस्तो व्यवस्था गरिनुपर्ने उनको धारणा छ । ‘अहिले देशमा लघुवित्त संस्थाहरु धेरै भइसकेका छन्,’ उनले भने, ‘तसर्थ लघुवित्तलाई पनि सोही नियम लागू हुनु पर्छ ।’ यसैगरी नेपाल धितोपत्र बोर्डले आगामी दिनमा जलविद्युत कम्पनीहरुलाई पनि सोही नियम लागू गराउनु पर्ने समेत उनले बताए ।

devindnt_ipo

प्रतिक्रिया दिनुहोस्
MBL