Logo

रिलायन्स स्पिनिङलाई बुक विल्डिङमा आइपीओ ल्याउन अनुमति, यस्तो छ प्राईस रेञ्ज

रिलायन्स स्पिनिङलाई बुक विल्डिङमा आइपीओ ल्याउन अनुमति, यस्तो छ प्राईस रेञ्ज



काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले पनि बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई बुक विल्डिङ विधिबाट आइपीओ जारी गर्ने अनुमति दिएसँगै कम्पनीले यो विधिबाट आइपीओ निष्काशन गर्न लागेको हो । यसअघि सर्वाेत्तम सिमेन्टलाई बुक विल्डिङ विधिबाट आइपीओ जारी गर्ने अनुमति दिईसकेको छ । सोही अनुसार कम्पनीले यहि पुस २५ गतेदेखि पहिलो चरणमा उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्दैछ ।

रिलायन्स स्पिनिङ मिल्सले सेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटललाई बिक्रि प्रबन्धकमा चयन गरिसकेको छ । योग्य संस्थागत लगानीकर्तालाई निष्काशन गरिएको सेयर बाँडफाँड भए पछि कम्पनीले सर्बसाधारणलाई आईपीओ निष्काशन गर्नेछ । कम्पनीले कम्पनीको जारी पुँजी एक अर्ब ७८ करोड ४४ लाख ४ हजार रुपैयाँ छ । यसको १०।८० प्रतिशत सेयर सार्वजनिक निष्काशन गर्न लागेको हो ।

रिलायन्स स्पिनिङ मिल्सले पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई ७ लाख ७० हजार ६ सय ४० कित्ता सेयर निष्काशन गर्ने बताएको छ । कम्पनीले कुल १९ लाख २६ हजार ६ सय कित्ता सेयर निष्काशन गर्ने छ। बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्दा सर्वसाधारणमा निष्काशन गरिने सेयरको ४० प्रतिशत योग्य संस्थागत लगानीकर्तालाई छुट्याउनु पर्ने प्रावधान छ ।

कम्पनीको सेयरको आशय मूल्य प्रति कित्ता ६०८ रुपैयाँ देखि ९१२ रुपैयाँसम्म रहेको छ । यस रेन्जमा रहेर योग्य संस्थागत लगानीकर्ताले कम्पनीको आईपीओमा आवेदन दिनु पर्नेछ । जसबाट कायम हुने कट अफ मूल्यका आधारमा सर्वसाधारणलाई १० प्रतिशत मूल्य घटाएर आयोजना प्रभावित, वैदेशिक रोजगारीमा रहेका नेपाली र आम सर्वसाधारणका लागि आईपीओ जारी हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL